बलात्कार आरोपी वडाध्यक्षको आत्मसर्पण

दमौली । अपांगता भएकी महिलामाथि बलात्कारको आरोप लागेका घिरिङ ४ का कार्यवाहक वडाध्यक्ष शक्ति थापाले आत्मसमर्पण गरेका छन् । स्थानीय एक महिलामाथि बलात्कारको आरोप लागे पछि उनी सम्पर्कबाहिर थिए । 
वडाध्यक्ष झकबहादुर कुमाल अर्को बलात्कारको अभियोगमा मुछिएपछि थापालाई कार्यवाहक तोकेर फरार भएका 
थिए । उनी अझै पनि सम्पर्कबाहिर छन् । तर थापा भने मंगलबार प्रहरीसमक्ष उपस्थित भएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले 
बताए । प्रहरीसमक्ष आत्मसमर्पण गरे पछि प्रहरीले थापाविरुद्ध जर्बजस्ती करणी मुद्दामा अनुसन्धानका लागि तनहुँ जिल्ला अदालतबाट तीन दिनको म्याद लिएको छ ।
यसअघि देखि नै प्रहरीले खोजी गरेको दाबी गरे पनि थापा प्रहरीको पक्राउमा पर्नबाट जोगिएका थिए । चौतर्फी दबाब गरे पछि उनी आफैले प्रहरीसमक्ष आत्मसमर्पण गरेका 
हुन् ।यद्यपि राजनीतिवृत्तमा भने तत्कालीन एमाले र माओवादीका नेताहरुबीचको आपसी समझदारीपछि थापालाई प्रहरीको सम्पर्कमा ल्याइएको चर्चा चलेको छ । 
पार्टी एक भएकाले बलात्कार पीडित महिलाको परिवारलाई माओवादी पक्षले समर्थन दिएकामा हाल तत्कालीन एमालेसँग समझदारी भएको चर्चा छ । 
कार्यवाहक थापा एमालेका हुन् । पीडित परिवारलाई समर्थन दिएका नेताहरुले साथ दिन छाडेपछि अब मुद्दा कमजोर बनाउने रणनीतिमा गृहकार्य भैरहेको विश्वस्त श्रोतले दाबी गरेको छ । शुरुमा आफूनिकट महिला बलात्कारमा परेको भन्दै तत्कालीन माओवादी नेतृत्वले प्रहरीलाई दोषी पक्रन चर्को दबाब दिएको थियो ।