घरेलुद्वारा अगरबत्ती र च्याउ तालिम

दमौली । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयको आयोजनामा सञ्चालन गरिएको सात दिने अगरबत्ती बनाउने तालिम सकिएको छ । तालिमका सहभागीलाई व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले प्रमाण पत्र वितरण गरे । उनले व्यवसायमा सहभागीको रुचि भएमा यस्ता तालिमका लागि नगरपालिका सघाउन तयार रहेको बताए । 
कार्यालयका निर्देशक रामबहादुर रानाले तालिमको उपयोगिताबारे बोल्दै सीपमूलक तालिमका लागि कार्यालयले सघाउँदै आएको बताए । वडाध्यक्ष विश्व न्यौपानेले सहभागीले व्यवसायिक रुपमा अगरबत्ति बनाउन रुचि देखाएमा वडाका तर्फबाट गे्रण्डर मिक्स्चर मेशिन उपलब्ध गराउने प्रतिवद्धता जनाए । सृजनशील दिदी बहिनी महिला समूहका अध्यक्ष गौकुमारी न्यौपानेले तालिमपश्चात स्वरोजगार श्रृजना हुने अपेक्षा
 गरिन् । कार्यालयले व्यास ४ का १२ जनालाई तालिम दिएको जनाएको छ ।
यसैबीच, कार्यालयकै आयोजनामा बन्दीपुर गाउँपालिका ४ स्थित लोही बस्तीमा संचालित १० दिने व्यवसायिक च्याउ खेती तालिम पनि सकिएको छ । स्थानीय नौ जना सहभागी तालिमका सहभागीलाई गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले प्रमाणपत्र वितरण गरे । उनले व्यवसायिक रुपमा अघि बढे गाउँपालिकाले सहभागीलाई सघाउने बताए ।
कार्यालयका निर्देशक रामबहादुर रानाले उद्यमशिलता विकासका लागि तालिम गरिएको बताए । वडाध्यक्ष हरेराम थापाको अध्यक्षतामा संचालित कार्यक्रममा गणेश भण्डारीले तालिम 
उपयोगी भएको बताए । 
वडा सदस्य आशा विकले च्याउ खेतीको टनेलका लागि आफुले सहयोग गर्ने बताइन् ।