एकल महिला

 –बाबुराम खनाल 
बन्धन रहित आमा बन्नुपर्छ भन्ने वकालत गरेको उपन्यास कुमारी आमामा अनुपम रोशीे लेख्छिन्, ‘एकै मानवले अर्को मानवलाई सकेसम्म माथि उठाउनुपर्छ र उसको चेतनामा केही भएपनि नयाँ आयाम भर्नु जरुरी हुन्छ ।’ अंग्रेजी महिनाको जुन २३ लाई विश्व एकल महिला दिवसको रुपमा नेपालमा पातलै भएपनि चेतना मुलक कार्यक्रम आयोजना गरिन्छ । गत सालमा पोखरी छाप र दमौलीमा यो दिन कार्यक्रम आयोजना गरेको सम्झना  ताजै छ । विधवा, अविवाहित प्रौढ र सम्बन्ध विच्छेद गरिएका महिलाहरुलाई यस समुहमा राख्ने गरिएको पाइन्छ । महिला यसै पनि विभेदमा छन् । अरु एकल महिला वढि  विभेदमा परेको देख्न 
सकिन्छ । तुलनात्मक हिसावले निष्पक्ष भएर भन्ने हो भने महिलाले नकारात्मकता मन पराउदैनन् कल झगडा मन पराउदैनन् हिसां मन पराउँदैनन् । 
घर परिवार र समाजमा शान्ति चाहन्छन् । वदलाको भावना राख्दा हुँदैन भन्छन् । भूमिका नपाए पनि समाजमा शान्ति कै कामना 
गर्छन् । पुर्वाग्रहरहित ढङ्घले विवादको शान्तिपूर्ण समाधन महिलाको विषय नै हुने गर्छ । तर तिनै महिला प्रति हामी कति सह्रदयी छौँ? विधवा प्रति कति सकारात्मक छौं ? कति चासो र सरोकार राख्ने गर्छौ? उनीहरुको सामाजिक हौसियत प्रति कति संवेदीत छौं ?   परिवर्तित सन्दर्भमा  उनीहरुलाई हेर्ने दृष्टिकोणमा कति परिवर्तित भएका छौँ ? तुलनात्मक रुपले हेर्दा सम्बन्ध विच्छेद गरेका र बिहे नगरी प्रढौता तर्फ ढल्केकाहरुको तुलनामा एकल महिलाको सामाजिक हौसियत खासै स्वीकार गरिदैन । ख्यातिप्राप्त वैज्ञानिक तिर्थबहादुर             श्रेष्ठका विचारमा नेपाली समाजमा कतिपय सामाजिक मूल्य र मान्यता सही र व्यावहारिक भएपनि हाम्रो समाज अरुको दुःखमा रमाउने 
(स्वादिष्ट) खालको पनि छ । 
डा. श्रेष्ठका अनुसार नेवार जातिमा पतिवियोगमा विधवा हुनु पर्दैन किनकी यो जातिमा पहिल्यै सुवर्ण कुमारसंग बिहे गरिन्छ । कतिपय मानिस भन्छन् ईश्वरसंग विवाह गरिए पछि वैधव्यताको अवस्था आउँदैन । त्यो नआएपछि भेद हुने प्रश्नै भएन ।
     हिन्दु, बौद्ध र इस्लाम धर्मका अनुयायीहरुसंग यो विषय बुझ्दा यो धर्मभित्र पर्ने होइन रहेछ किनकी सवैको विधवा बनाउने चलन एउटै रहेछ–विधवाले नै सधवालाई विधवा बनाउने । अर्को शब्दमा भन्नु पर्दा विधवालाई विधवामा बदल्ने दायित्व सुम्पेको भेटियो । त्यसकारण यो संस्कृति मात्र हो । संस्कृति, जुन व्यवहारिकताको कसौटिमा जँच्दैन त्यसलाई त्याग्नु पर्छ । समाजमा बसे पछि सबैको खुशी खोजिनु पर्छ । आफ्नो मात्र खुशी हेर्नु लोकतान्त्रीक गणतन्त्रमा नसुहाउने कुरा हो । भनिन्छ, चाहनाले मात्र मरुभूमि हरियो हुँदैन । चाहना राखेकै भरमा हरियाली आउँदैन, त्यसका लागी बिरुवा रोप्नुपर्यो र हुर्काउनु पर्यो । मान्छेले नै अपुर्ण र निर्जिव बनाएको एकल महिला अर्थात विधवाको जिवनलाई सम्मानजनक ढङगले स्वीकारनु पर्यो । 
अज्ञात आदेशको पालना गर्न जरुरी छैन भन्ने सिकाउनु पर्यो विधवा विना गाली पनि गाली नबन्ने विकृतिको न्युनिकरण गर्न तिर लाग्नु पर्यो । विचार र चेतनाको आँगन फराकिलो पार्नु पर्यो । 
मानवले मानवलाई मर्यादीत जिवन दिन टक्रनु पर्यो । अन्धविश्वासबाट माथि उठाउनु 
पर्यो ।सहि सत्य कुराहरु  सिकाएर जिम्मेवार बनाउनुपर्यो । गलत संस्कार र संस्कृतिलाई विवेकले उखेल्न  तम्सनुपर्यो । समाज र सभ्यताका पुजारीहरुलाई पूर्णरुपले बदल्न सक्नु पर्यो । 
एकल मात्र होइन सबै महिलाले पङ्ख फिजाएको हेर्न 
सक्नुपर्यो । सबैको बराबरी अधिकारको मूल्य बुझ्ने समाज निर्माणतर्फ उन्मुख हुनु पर्यो । सबै भेदभावको अन्त्य हुनु पर्यो ।
मलाइ पनि मेरो स्वतन्त्रता चाहिन्छ ।
म पनि मान्छे हुँ भन्ने विश्वास
 चाहिन्छ ।