एसईईको नतिजामा सुधार जरुरी

सरकारले कक्षा १२ सम्मलाई विद्यालय तह मान्ने निर्णय गरेसँगै सोहीअनुसार शिक्षासम्बन्धी नीति तथा कार्यक्रममा परिमार्जन पनि गर्दै आएको छ । यसअघि एसएलसीका रुपमा रहेको कक्षा १० पछिको बोर्ड परीक्षा अब माध्यमिक परीक्षा (एसईई)का रुपमा पहिलो पटक सञ्चालन हुन लागेको छ । २०५० को दशकसम्म विद्यालय तहभर अध्ययन गरेका विषयबाट परीक्षा लिइने एसएलसी पछिल्लो समय कक्षा १० को वार्षिक परीक्षाका रुपमा सीमित भएको थियो । यसअघि ६० प्रतिशन कक्षा नौ अनि बाँकी कक्षा १० बाट आउने प्रश्नमा एकाध पाठ्यक्रममा समावेश नगरिएका विद्यालय तहमा अध्ययन गरिसकेका प्रश्नहरु पनि आउँथे । तर पछिल्लो समयमा परीक्षा हेर्दा जुनरुपमा विद्यालय तहको फड्को बन्नुपर्ने थियो, त्यसमा एसएलसी प्रणाली असफल भएकै हो । अर्को कुरा अपरिपक्व शिक्षालाई नै ठूलै उपलब्धि मानेर एसएलसीमा पास वा फेल भएर पढाइ छाड्ने विद्यार्थीको संख्यामा पनि वृद्धि भैरहेको थियो । कक्षा १० पछि उच्च मावि शिक्षा परिषदले थालेको प्लस टु तह पनि लोकप्रिय बनिरहेको छ । र, त्यसलाई एसएलसीबाट फरक राख्न पनि नसकिएका कारण सरकारले वास्तविक रुपमा कक्षा १२ लाई नै विद्यालय शिक्षाको मानक मानेको छ । एसईई परीक्षाका रुपमा कक्षा १०को परीक्षा हुनुले विद्यालय शिक्षाको स्तर मापनमा केही मद्दत पुग्ने विश्वास गर्न सकिन्छ । तर दोश्रो वर्षको नतिजा त्यति धेरै सन्तोषजनक नभएको चर्चा चलेको छ । विज्ञहरुले सिकाई उपलब्धि बढ्न नसकेको र विद्यार्थीले मेहनत गर्ने बानी कम गरेको गुनासो गरेका छन् । यसमा सुधारका लागि शिक्षाका नीति निर्माताले ध्यान दिनु जरुरी छ । अन्यथा ग्रेडिङ पद्धती परिवर्तनले मात्र केही हुँदैन ।