स्कूल जा“दा रुखले च्यापेर मृत्यु

दमौली  । विद्यालय जाने क्रममा बाटामा रुख ढल्दा त्यसमा च्यापिएर व्यास नगरपालिका वडा नम्बर ६ शेखाटारमा एकै परिवारका तीन दिदिबहिनीमध्ये एकको मृत्यु भएको छ । 
घटनामा परी दुई गम्भीर घाइते भएका छन् । मंगलबार विहान करिब साढे ९ बजेतिर तीन दिदिबहिनी नजिकैको कालिका एकेडेमी जाँदै थिए । केही दिनयता अविरल वर्षा भैरहेका कारण मक्किएको रुख ढल्दा लागेर तीनै जना घाइते भएका थिए ।
घटनालगत्तै पुगेको प्रहरी र स्थानीयको टोलीले घाइतेलाई दमौली पठाएको थियो । घटनास्थल दमौलीबाट करिब तीन किलोमिटर उत्तरपश्चिममा पर्दछ । घाइतेलाई उपचारका लागि ल्याएकामा विहान पौने ११ बजे १० वर्षिया माहिली बहिनी विनिशा थापाको मृत्यु भएको हो । 
रुखले च्यापेर दुवै खुट्टा भाँचिएका आठ वर्षिया युनिसा र कुम भाँचिएकी १२ वर्षिया अस्मिताको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए सोमबारबाटै उनको खोजी भए पनि हालसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
नदीले बगाएर मृत्यु र बेपत्ता
तनहुँको शुक्लागण्डकी नगरपालिका ११ गोल्मे स्थित साँखे खोला तर्ने क्रममा एक पुरुषको ज्यान गएको 
छ । स्थानीय ५० को निलबहादुर गुरुङ खोला तर्ने क्रममा बगाएकामा उनलाई झण्डै पाँच सय मिटर तलबाट उद्धार गरिएको थियो । फूलबारी अस्पतालमा उपचारका क्रममा उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । उता, भीमादको क्याङ्दी खोलाले बगाएर बेपत्ता तनहुँ भिमाद न.पा.वडा नं.८ सिम्ले निवासी ५५ वर्षका यामबहादुर कुमालको अझै पत्तो लाग्न सकेको छैन । उनी खोलाले बगाएर सेतीमा पुगेको प्रत्यक्षदर्शीको भनाई छ । सोमबारबाटै उनको खोजी भए पनि हालसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।