‘उमेरमै अध्यात्ममा लागौं’

 दमौली  । व्यास ज्योति साधक परिवारको आयोजनामा दमौलीमा विज्ञान, शिक्षा र अध्यात्मविषयक प्रवचन गरिएको 
छ । विज्ञान र जीवनका विषयमा प्रवचन दिंदै आएका सिए एलपी भानु शर्माले शिक्षक, सामाजिक व्यक्तित्व तथा विद्यार्थीहरुलाई बुधबार प्रवचन दिएका हुन् । 
उनले वृद्धावस्थामा मात्र धर्म र अध्यायत्ममा लाग्ने प्रचलन रहेको भन्दै यो गलत भएको बताए । शर्माले सक्ने उमेरमै अध्यात्ममा लागे सहि बाटो पहिचान गर्न सकिने र गन्तव्य पनि सहज हुने बताए । धेरैमा वृद्धावस्थामा मात्र धर्ममा लाग्नुपर्ने भन्ने गलत सोच भएकाले यसले फाइदा नगर्ने उनले बताए । तनहुँ उद्योग वाणिज्य संघको हलमा भएको प्रवचनमा सहभागी दर्शकको संख्या बाक्लो थियो । साधक परिवारका अध्यक्ष गणेशचन्द्र बस्नेतले अध्यायत्म, विज्ञान र शिक्षाको सम्बन्ध र महत्वका बारेमा जानकारी दिनका लागि कार्यक्रम गरिएको 
बताए । सिए शर्मा पछिल्लो समय जीवन र विज्ञानको सम्बन्धमा हुने दार्शनिक प्रवचनका लागि चिनिएका छन् ।