रेडियोका चुनौती

भौगोलिक विकटता, शिक्षाको कमजोर स्तर अनि छापा माध्यमको सीमितताका कारण नेपालमा सामुदायिक रेडियोहरु भरपर्दा सूचनाका श्रोत तथा आम नागरिकको पहुँचमा पुगेको सर्वविदितै छ । समाजलाई सूचना प्रदान गर्दै समाजिक रुपान्तरणमा भूमिका खेल्न स्थापित सामुदायिक रेडियोहरु देशका सामु निकै प्रभावकारी सञ्चारमाध्यमका रुपमा विकास भए पनि यसले दिने विषयवस्तुमा परिमार्जन तथा वास्तवमै नागरिकको चासो सम्बोधन गर्न आफुलाई समेत रुपान्तरण गर्नु जरुरी छ । खासगरी सामुदायिक रेडियोहरु अहिले समस्याबाट गुज्रिरहेका छन् । सीमित श्रोत, कमजोर बजार अनि विषयवस्तुमा स्थानीयताको कमी प्रमुख चुनौती छन् भने कुशल व्यवस्थापन नहुँदा आम नागरिकको आवाज बन्ने गरेका रेडियोहरु आफ्नै भूमिकाबाट समेत बञ्चित बनेको अवस्था छ । यस्तोमा सामुदायिक रेडियोहरुको छाता संगठनले आफ्नो भूमिकामा परिमार्जन गर्दै वास्तवमै आम नागरिकहरुको आवाज बन्नु जरुरी छ ।