तनह“ु बन्दीपुर देखि तनहु“सुर सम्म–१

–मथुरा पिया
बाल्यकाल  बन्दीपुरमै बिते । बदि क्यामरा, चेस, दण्डीयवियो, चङगा, बेडमिन्टन, कब्बडी,घुच्ची खेल्दैमा समय बित्यो । बेला बेलामा आमासगँ मावली पनि जान्थे । मेरो मावली माइभल हो । मेरो आफ्नो ठाउँ बन्दीपुर हेरी यो ठाउँ सानै छ । यसलाई हतिया भन्ने गरिन्छ । १५–२० वटा जति घर घरहरु छन् । सबै एकतले, माटोको गाह्रोले ्बनेको छन् । 
वरिपरी बेलौटी, खनिया, आँप, चिलौने, बर पिपल, तिजु, स्वामिका बोटहरु छन् । सबैको पेशा कृषि हो । गाई, भंैसी बाख्रा, कुखुरा सबैका घरहरुमा छन् । यहाँको मुख्य पर्व लाखे नाच हो । यो नाच तनहुँ जिल्लामा मात्र नभई सिङगो नेपालमा नै लोकप्रिय तथा प्रख्यात छ । लाखे निकालेको दिन हतियामा वरिपरी गाउँका असङख्य दर्शकहरु 
ओइरन्छन ।जहाँसम्म मइभल  नाम कसरी रहयो भन्ने विषयमा चर्चा परिचर्चा हुदाँ बन्दीपुर क्यापसका उप क्याम्पस प्रमुख श्री गोबद्र्धन भटराई अनुसार यहाँका मानिसहरु आफुलाई मैहुँ र बलवान ठान्दथे । 
यही मैहुँ र बलवान  शब्दबाट अप्रभंस हुदै पछि मइभल नाम रहन गएको हो । यो तनहुँ जिल्लाको गण्डकी अञ्चलमा 
पर्दछ । हाल यसलाई ४ नं. प्रदेशमा गाभेको छ । यसको छेउछाउमा दमौली, तनहुँसुर, डुम्रे,चुदिरम्घा 
पर्दछ । बन्दीपुरको नाम कसरी रहयो भन्ने बिषयमा अनेकौ  किंवदन्ती भेटिन्छ । गण्डकी अञ्चलको अधिकांश ठाउँको नाम डी बाट उच्चारण हुन्छ । जस्तै राम्दी, मादी, मस्याङदी, चुदी, दरौदी आदी । मगर भाषामा दी लाई पानी भनिन्छ । बन्दीपुर वरपर मगर जातिको बस्ती भएको र परापूर्वकालमा बनेको पानी खानुपर्ने भएकोले ठाउँको नाम बनडी बनको पानीबाट बन्दीपुर भएको भन्ने भनाई छ । विगतमा प्रशासनिक केन्द्रको रुपमा रहेको र त्यहाँ अपराधिलाई थुनेर ‘बन्दी बनाउने ’ सहर भएकोले पनि बन्दीपुर भनिएको अर्को थरिको भनाई छ । तर बन्दीपुरको बारेमा अनुसन्धान गर्ने इटालीका लिण्डा इटालीयनले बन्दीपुरको एैतिहासिक खड्कदेवीको पुजारी एवम् रखवारी गर्नेको नाम बन्दी भएको र उनकै नामबाट बन्दीपुर हुन गएको कुरा उल्लेख गरेका छन । स्थानीय बुद्धिजिवी इश्वरगोपाल प्रधान अनुसार यहाँको बिन्दुवासीनी मन्दिरलाई आस्थाको रुपमा बन्देमातरमबाट अप्रभंस भएर बन्दीपुर नाम रहन गएको हो ।यो ऐतिहासिक नगर हो ।बाइसे चौबिसे राजाहरुको पालादेखि नै यहाँ सामरिक महत्व बोकेको गदी थियो । यहाँ पृथ्वीनारायण शाहको घुमाउने डाँडामा हात हतियार राख्ने गौढा छ ।मणिमुकुण्द सेन राजाको मुच्चुक डाँडामा मन्दिर छ । हाल यो भग्नावशेष अवस्थामा छ । हाल विश्वमानचित्रमा बन्दीपुर पर्यटकीय नगरीको रुपमा अंकित छ । २०२५ साल भन्दा पहिले तनहुँ जिल्लाको सदरमुकाम पनि यहि थियो । राणाकालमा पश्चिम क्षेत्रको सदरमुकाम पनि यही थियो ।
मावली गाउँसगँ मेरो आफनै सम्बन्ध थियो । एउटा सानो घटना यहाँ जोड्दै छु । लगभग साठी बर्ष पहिलेको 
कुरा हो । अहिले सम्झिदै छु । त्यो बेला म सात बर्षको हुदो हुँ । आमाको पछि लागेर मावली ह्डिे ।त्यहाँ माहिला मामाको विवाह कार्यक्र चलिरहेको थियो । बन्दीपुरबाट हिड्दै गर्दा बिच बाटोमा जङगल, पहाड, झरना, खोला, कुवा, चराचुरुङगी,लालीगुराँस फुल, जनावर देख्दा मनै फुरुङ भयो । हामिलाई हतिया पुग्न लगभग तिन घण्टा 
लाग्यो । बिचबाटोमा छापगाउँ, चुँदीखोला, डुमे्र, नाहालगाउँ बस्ति, पहरा पर्दथ्यो । उतिबेला हामि जाने बाटोको डुमे्र र नाहालगाउँ, पृथ्वी राजमार्ग, आईपुगिसकेका थियौं । नाहालबाट हतियाको लागि उकालो बाटो प्रारम्भ भयो । उकालो बाटो पुरै चटनले बनाएका खुड्कीला किसिमका थिए । पहाडको टुप्पोमा कुवा छ । पहाडबाट निस्केको झरनाको पानी हो । यस पहरालाई बस्ति नामले चिनिन्छ । हामि आमा छोरा कुवा छिन बस्यौ । यसैले साह्रै शितलो महशुस भयो । घरबाट लगेको खाजा निकाल्यौ । खानासगँ झरानाको पानी पियौं । पहाडको टाकुरामा ठूलो तार छ । त्यहाँबाट हतियारको लागि कप्टेरो बाटो समात्नु पर्ने भयो । बाटोभरी लंगुरे बादँरहरु चिलौनेको बोटमा उफ्रदै थिए । हामि साँझ मावली पुग्यौं । विवाह घरमा मान्छेको घुइचो थियो । विशेष आईमाईहरु विवाहको तयारिमा व्यस्त थिए । आमा पनि त्यहाँ पुगेर काममा लागि हाल्नु भयो । आफुचाहीँ बाहिर बारीको डल्लामा बस्दै आफन्तहरुसगँ खाना खाए । गाउँतिर विवाह भन्दा एकदिन पहिले बदाई गनुपर्ने परम्परा रहेछ । यसको लागि सबै तयारीमा जुटे ।नर्सिङ बाजा बज्यो, भरुवा बन्दुक पड्काइए । पहिलो दिनको कार्यक्रम विधिवत रुपमा समाप्त 
भयो । दोस्रो दिन टाढाको जन्ती भएकाले सबै एकाबिहानै उठे ।आँगनमा पुरेतले साईपाताको पूजा शुरु गरी सकेका थिए । ठूलो दाजु चिरञ्जीवी पियाले लमीको कार्यभार सम्हालेका थिए । उनकै निर्देशनमा उपस्थित महानुभावहरुलाई सगुन र ठोर बहुत नास्ता पनि बाडियो । लमिले बाजाको मुख्य नाईकेलाई बाह्र हातको सेतो पटुकाको फेता पनि लगाई दिए ।त्यसपछि  बाजा बज्न सुरु भयो । जनती अगाडी बढ्यो समयले बिहानको ११ः०० बजे छोईसकेको रहेछ । त्यत्रो टाढा तनहुँसुर पुग्नु थियो । जन्तीको अगाडि चिराग समात्ने टोलीहरु प्नि लस्करै राखेका थिए । एक मिटर जति लामो लोराकोे टुप्पोमा केराको बोक्राबाट बनाईएको सानो टूागुलर आकारको प्लेट घुसारिन्छ । त्यसमाथि तेलले भिजाएको कपडा राखिन्छ । र जन्ती निस्कने बेलामा त्यो कपडालाई आगोले सल्काईन्छ । यसैलाई चिराग भनिन्छ । शहर बजार तिरको विवाहमा यस्ता चिराग कतै देखिदैन । बेहुलीको घर तनहुँसुर हामि बेलुृका पुग्यौं । त्यहाँ पुग्न करिक ५ घण्टा लाग्यो । हतिया देखिनै बाटो उकालो शुरु थियो । बाटोभरी बदी जंगल थियो । कताकतै बाँदरहरुको बथान पनि देखिन्थे । उतिबेला जन्तीसगँ बेहुला जाने चलन थिएन । कारण मागी विवाहको यो परम्परा थियो । अहिले त्यस्ता लेखाजोखा छेकवार छैन । त्यसदिन माइला मामाको विवाह थियो । साने नाम थियो दुल्हा मामाको । भर्खरै लाहुरबाट आएका थिए । यसैले विवाहमा कुनै कमि गर्न दिइएको थिएन । दुल्ही बस्ने तामदानीलाई रिबीन, फुलहरु, कलर कागजले झकी झकाउ बनाएका थिए । दुल्ही बस्ने तामदानी खाली हुने छात देखियो । यसैले बालबालिकाहरुलाई तामदानीमा राख्नुपर्ने काम अगाडी आयो । यसको लागि बुदापाकाहरु अग्रसर भए । त्यतिखेर कोही बालबालिका नभेटिएपछि मलाई तामदानीमा राखेका थिए । तामदानीमा पहिलो पटक बस्न पाउँदा निकै रमाइलो महशुस गरे । तामदानीलाई अगाडी एकजना र पछाडीबाट  दुईजना भरियाहरुदले बोकेका थिए । बेहुलीको आँनमा तामदानी बिसाएपछि स्वागतार्थ बसेको मानिसहरुले हामि माथि अक्षेता, अबीर, रंग, फुल बर्साए । बेहुलीतिर केही वरिष्ठ व्यक्तिहरुले लमिलाई घरभित्र हुलेपछि यता बाहिर बारीमा खानाको कार्यक्रम प्रारम्भ 
भयो । हामि बारीको डल्लामा लस्करै 
बस्यौ । बेहुलीतिरका मानिसहरुले टपरीमा खाना ख्वाए । यहाँ हामिहरुलाई खै किन हो ? सबैले जन्तीबाख्रा भन्ने गरेको सुनियो ।शुरुमा त अचम्म पनि माने । पछि यसको गाठी कुरा बुझे । बाख्राजस्तै हुलका हुल सगै हिडने, खाने भएकाले जन्तीहरुलाई उतिबेला जन्ती बाख्रा भनेका रहेछन् । हामिलाई धन्सारमा सुत्ने व्यवस्था गरेका थिए । 
रातभरी रंगेली कार्यक्रमले गर्दा सुत्नै मुश्किल प¥यो ।   
बाँकी अर्को अंकमा