भानु जयन्ती तीन दिन

दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा तीन दिने कार्यक्रम गरेर भानु जयन्ती मनाइने भएको छ । आदिकविको दुई सय पाँच औं जन्म जयन्ती मनाउनका लागि समितिले मुल समारोह समिति गठन समेत गरेको छ । जयन्तीका अवसरमा तीन दिने साहित्यीक कार्यक्रमसमेत सार्वजनिक गरिएको 
छ । कार्यक्रमअन्र्तगत असार २७ देखि २९ गतेसम्म उनको जन्मथलो चुँदीमा साहित्यीक कार्यक्रमहरु गरिने जन्मस्थल विकास समितिका निर्देशक शंकर रानाभाटले बताए ।
जयन्तीका अवसरमा सार्वजनिक अन्र्तगत असार २७ गते स्थानीय मठ मन्दिरमा पूजा अर्चना र साँझ दिपावली र प्रतियोगिता हुँदैछ । 
दोस्रो दिन २८ गते भानुभक्तिय रचना पाठ प्रतियोगिता र खुला कविता प्रतियोगिता हुने भएको छ । भानु जयन्तीका दिन असार २९ गते चुँदीरम्घा वेशीमा रहेको भानु जन्मस्थल विकास समितिको कार्यालय परिसरबाट प्रभातफेरी कार्यक्रम शुरु गरी चुँदीरम्घा स्थित भानु प्रतिमामा पूजा अर्चना, पञ्चकन्याबाट रामायणवाचन कार्यक्रम तय भएको छ । सोही दिन भानुको स्मृती सभा, कवि गोष्ठी, झाँकी प्रदर्शन, भानुभक्तिय रचनामा आधारित अन्ताक्षरी कार्यक्रम र भजनकीतर्न लगायतका कार्यक्रम समितिले तय गरेको छ । कार्यक्रममा देशका विभिन्न भागबाट साहित्यकारहरुको समेत सहभागीता रहने समितिले जनाएको छ । जयन्तीकै अवसरमा व्यास नगरपालिकाले भने भानु घाँसी स्मारकमा साहित्यीक रचनावाचन कार्यक्रम गर्दैछ । गण्डकी वाङमय प्रतिष्ठानले यसै अवसरमा साहित्यीक प्रतियोगिता गर्दैछ ।