लियोको छात्रवृत्तिका लागि सहयोग

    दमौली  । लियो क्लब अफ तनहुँको छात्रवृत्तिका लागि सदस्य दिपेन्द्र कुँवर र दीपकराज न्यौपानेले ३० हजार आर्थिक सहयोग गरेका छन् । 
क्लबले स्थापना गर्न लागेको छात्रवृत्ति कोषका लागि दुवैले सहयोग गरेको अध्यक्ष अनिलकुमार श्रेष्ठले जानकारी दिए ।क्लबले लियोबाट लायन्समा जाने लियोहरुको बिदाईका लागि आयोजित कार्यक्रममा कुँवर र न्यौपानेले सहयोग गरेका हुन् । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती रहेको क्लबले जनाएको 
छ ।