निश्चल राष्ट्रसेवामा निबृत्तराष्ट्रसेवक

जीवन र जवानी राष्टूसेवामाअर्पण गरेर निबृत्त भएका राष्टूसेवक कर्मचारीहरुको निबृत्त जीवनाई उपयोगी र कामयावी बनाउने सन्दर्भ आजको कर्मचारी व्यवस्थापनमा पेचिलो बहसको रुपमा ऊजागर भएको छ । आफ्नो जिवनको कार्यशील यौवन संगठनमा खर्चेर जिवनभर दुनिया त्यागेको कर्मचारीलाई संगठनले छड्के नजरले हेर्नु हुँदैनअनि उनीहरुको जागिरे जिवनको लामो पेशागत विशिष्टतालाई यसै खेर जान दिनु हुँदैन । अनवरत रुपमा सेवा गरेका राष्टूसेवकहरुले आँफूलाई प्राप्त र्नििर्दष्ट जिम्मेवारी पूरा गर्दै जाँदा बिज्ञता पनि बढाउँदै लगेका हुन्छन् । बिज्ञताले सामथ्र्य र स्वायत्तता पनि आर्जन गर्दछ । सेवामा स्वायत्तता, विवेककशीलता र विज्ञताको प्रभावशाली उपयोग अनि बृत्ति सुरक्षा र राष्टूनिर्माणको अभ्यान्तरिक स्वप्रेरणाले नै कर्मचारीलाई आदर्श बनाउँछ र संगठनलाई जीवन्त बनाउँछ। घण्टौं, दिनहुँ, महिनौं, बर्षौं निरन्तर सेवामा रहदा भरखरका कलिला होनहार युवा भाषिक, भौगोलिक, साँस्कृतिक परिबेशसंग परिचित हुँदै राष्टूसेवामा समर्पण गर्न पुग्छन् । जब एक दिन सेवावाट निबृत्त हुन्छन्, झल्याँस्स आँखा खुल्छ(खोई साथी(संगी, खोई काय–क्रियाकलाप, खोई 
नाता–संबन्ध, खोई विगतको दैनिकी? यी यावत कुरा चाहेर पनि जागिरमा सोही हैसियतमा नविकरण गर्न सकिदैन । अनवरत रुपमा राष्टू र जनताका लागि पुनर्जिवन, प्रतिभा र बिज्ञता रित्ताएर पुनर्बृत्ति, संस्मरणको आवरणमा एउटा राष्टूसेवक समर्पित कथाको पात्र झैं बृत्ति सेवाको बखान र अहोरात्र राष्टूसेवा गरेकामा गर्ब गर्छ र बाँकी निबृत्त एकांकी  जीवन बिताउछ । आज कल्पना गरौं यस्ता गौरबशाली राष्टूसेवक नभएको भए मुलुकी प्रशासनको गतिके हुन्थ्यो होला । तसर्थ आजको प्रशासनमा संगठन र निबृत्त कर्मचारी दुबैको पारस्परिक हितका लागि निबृत्तहरुको बिज्ञता व्यवस्थापन अपरिहार्य आवस्यकता बनेको छ ।
प्रशासनमा विद्यमान सानोतिनो कार्यमा ठेकेदारी प्रथाको अन्त्यका लागि निबृत्त कर्मचारीकोे नियुक्ति सान्दर्भिक हुन्छ । यहाँ प्रश्न उठ्न सक्छ अवकाश प्राप्त कर्मचारीलाईसंगठनमा पुनःप्रबेश गराउदा नयाँ कर्मचारी भर्ना प्राभावित हुन जान्छ र परिवर्तन पनि आउदैन भनेर । तथापी नयाँ कर्मचारी भर्ना नियमित प्रकृया हो जुन रिक्त स्थायी दरबन्दी अनुसार नियमित ढंगले चलिरहन्छ । अवकाश प्राप्त कर्मचारी आबश्यकता, क्षमता र बिज्ञता अनुसार परामर्शदाताको रुपमानियुक्ति गर्ने 
हो । त्यसैगरी कसैलाई ज्यालादारी त कसैलाई करारमा पनि नियुक्त गर्न सकिन्छ । निजहरुको हैसियत र सेवासुविधा फरक फरक हुन सक्छ । निजहरुलाईसेवामा पुनःप्रबेश गराउदा सानातिना काममा ठेकेदारी प्रथा अन्त्य गर्नु पर्दछ । योग्यता, क्षमता, कार्यदक्षता, बिशेषज्ञता र फराकिलो अनुभवतिनै चिरपरिचित निबृत्त कर्मचारीहरुमा निहित रहेको हुन्छ ।
नेपालको निजामती सेवाको अवकाश उमेरमा निकै उतार चढाव आएको पाईन्छ । वि.सं.२००८ सालमा निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष थियो । वि.सं २०२१ मा त्यसलाई बढाएर ६३ वर्ष पु्याईयो । विचमा पुन ६० मा झारियो भने २०४९ मा नयाँ निजामती सेवा ऐनबाट यसलाई अझ घटाएर ५८ वर्ष कायम गरिएको छ । तथापी स्वास्थ्य सेवाका कर्मचारी र शिक्षक सेवामा भने ६० वर्ष नैकायम गरिएकोछ । विश्वका अधिकांश मुलुकहरुमा यस्तो उमेरको हद कतै ६५, कतै ७०  त कतै ७५ वर्ष रहेको छ । अष्टूेलियामा अवकास उमेर ७० वर्ष रहेको छ भने सिंगापुरमा यस्तो उमेर ७५ बर्र्ष रहेको छ । त्यसैगरी बेलायत, स्वीजरल्याण्ड, नेदरल्याड्स र जर्मनीमा ६५ वर्ष, नर्वे र संयुक्त राज्य अमेरिकामा ६७ वर्ष, फ्रान्स र पाकिस्तानमा ६२ वर्ष, दक्षिण एशियाली मुलुकहरु भारत, श्रीलङ्का र बंगलादेशमा ६० वर्ष रहेको छ । हुनत विकसित देशमा स्वास्थ्य, शिक्षा, पोषण  जस्ता कुराहरुमा भएको सुधारका कारण बढ्दै गएको औषत आयुको वृद्धिदरले अवकाशको उमेर हदमा पनि बृद्धि भएको हुन सक्छ । आज नेपालीको औषत आयु बृद्धि भएर ६९ वर्ष पुगी सक्यो, सरकारी कर्मचारीहरु अझ केही गरौं भन्ने ऊर्जाशील कार्ययौवन छँदै गर्दा जागीरबाट हात धोएर घर फर्कनु परेको छ । काशिराज दाहालको संयोजकत्वमा गठित ९ सदस्यिय प्रशासन सुधार सुझाव समितिको प्रतिबेदन (२०७० चैत्र २०) ले पनि कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष पुगेपछि हुनु पर्ने सिफरिश गरेको छ । साथै प्रस्तावित संघीय निजामती ऐनमा पनि यसप्रकारको अवकाशित उमेर ६० वर्ष प्रस्ताव गरिएको छ । उर्बर उमेर मै अवकाश हुँदा कर्मचारीको क्रियाशील जीवन नाश हुने देखिएकोले थप उर्जाशील वनाउन र बिशिष्ट अनुभवको बढी भन्न्दा बढी उपयोग गर्न पनि यस्तो अवकाशित उमेर २ वर्ष थप गरेर ६० वर्ष नै पु्याउन उचित देखिन्छ । 
बिगतको प्रबृत्ति विश्लेषण गर्नु पर्दा अनिवार्य अवकाशवाट वहिर्गमन भएका कर्मचारीहरु मध्ये पहुँचवालाहरुले मात्र राष्टूसेवामा स्थान पाएको देखिन्छ । कर्मचारीको अबकाशित पद, निजको अमूक राजनैतिक दलसंगको संवन्ध, संवन्धित कर्मचारीको आर्थिक अवस्था, राज्यको अवकाश नीति र त्यसमा सरकारी धारणा, श्रम वजारमा अबकाश प्राप्त कर्मचारीको माग र आपूर्तिको अवस्था आदि पक्षहरुले अवकाश पछिको जीवनलाई सहज वा असहज तुल्याउने गर्दछन् । जीवनभर पेशागत उन्नयनमा रमाएका र विभिन्न भौगोलिक, प्राकृतिक , सांस्कृतिक र मनोसामाजिक अवस्थाका वारेमा प्रशस्त ज्ञान आर्जन गरेका कर्मचारीहरु वुढेसकालमा घरको चौघेरामा मात्र सिमित हुनपुग्दा निराशा र छटपटीको अवस्थामा प्रवेश गर्नु अस्वाभाविक पनि होइन । तसर्थ राज्यले नीतिगत रुपमा नै ईच्छुक अवकाशित राष्टूसेवकहरुको कार्यक्षमता दोहन गर्ने उपयुक्त व्यवस्था गर्न जरुरी छ । 
कर्मचारी भर्ना नीतिले नै अवकाश योजनालाई प्रष्ट पारेको हुनु पर्छ । अवकाशवालाको ज्ञान, सिप, र अनुभव उपयोग गर्ने खालको अवकाश योजना नेपाली प्रशासनमा जरुरी भैसकेको छ । त्यसैगरी पत्येक वर्ष अवकाश पाएका कर्मचारीसंग अन्तरक्रियात्मक कार्यक्र्रम मार्फत अनुभवहरु साटासाट गर्ने अवसर प्रदान गर्नु पर्छ । 
उपल्लो दर्जामा विद्यमान उत्तराधिकारी योजनालाई व्यवस्थित रुपमाकार्यान्वयन गरेमा कर्मचारीतन्त्रमा सक्षम नेतृत्वले अवसरप्राप्त गर्न सक्छ । उता प्रशासनिक उच्च पदस्थ अधिकारीहरु अवकाश पछि संबैधानिक निकायका पदाधिकारी, राजदूत लगायतका पदहरुमा राजनीतिक नियुक्ति पाउन सक्ने साथै गैरसरकारी र अन्तराष्टिूय संघ संस्थामा पुन सेवामा जान सक्ने अवस्था रहने भएकोले अवकाशलाई मानवश्रोत विकास र वृत्तिविकासको अभिन्न अंगका रुपमा लिने मानसिकता तयार गर्नु पर्दछ । 
त्यसैगरी अवकाशोन्मुख कर्मचारीलाई वृत्ति व्यवस्थापनका सवालमा, परामर्श,सेमिनार अनि गोष्ठी मार्फत वैकल्पिक वृत्तिक्षेत्र पहिचान गर्न सघाउने कार्यक्रम ल्याउनु सान्र्दिर्भक हुन्छ । अवकाशित कर्मचारीको सवैभन्दा चुनौतिपूर्ण पक्ष सामाजिकीकरणको सवाल 
हो । कतिपयकर्मचारीहरु लामो सांगठनिक कार्यजिवन पश्चात सार्वजनिक काम तथा कार्यक्रममा संलग्न नभै घरमै बस्ने विगतको सांगठनिक कार्य र साथीभाईलाई स्मरण गर्दै टोलाउने, मनगणन्ते रुपमा सोच्ने, बोल्ने अनि मानसिक तथा अन्य विभिन्न रोग आँफै निम्त्याएर आफ्नो आयु घटाउने समस्या अवकाश पश्चातको सवैभन्दा जटिल  समस्या रहेको छ ।  यो संबेदनशील समस्या समाधानार्थ अवकाशित कर्मचारीको ज्ञान,सिप र अनुभव दोहन गर्ने वृहत राष्टिूय मानवश्रोत व्यवस्थापन योजना ल्याउन आवस्यक छ । यसवाट अवकाश प्राप्त कर्मचारी पनि राष्टूका अमूल्य सम्पत्ति हुन भन्ने कुराको स्वीकारोक्ति दिलाउन सकिन्छ । 
यसप्रकार  अवकाश एउटा निश्चित र स्वाभाविक प्रकृया भएकोले यस संवन्धमा सरकार र स्वयं राष्टूसेवक कर्मचारीहरुले पनि पूर्वानुमानयोग्य योजना वनाउनु वेसहुन्छ । सरकारले कसरी अवकाशित कर्मचारीहरुको ज्ञान, सिप, क्षमता र अनुभव दोहन गर्ने भन्ने वैकल्पिक रोजगारमूलक योजना वनाउनु सान्दर्भिक देखिन्छ भने सरोकारवाला कर्मचारीहरुले पनि सांगठनिक जीवनको उत्तराद्र्धमा आफ्नो सामाजिकीकरणको कुनै अमूक क्षेत्रको प्रखर सिप र क्षमता विकास गर्नु उचित हुन्छ । 
अनुभबी सिद्धहस्त कर्मचारीहरुले आफ्नो अवकाशित जीवनलाई चाहे सार्वजनिक होस् वा निजी जस्तोसुकै पेशामा आबद्ध गराएरफुर्सदको जीवन व्यवस्थापनका लागि अगाडी बढेमा राष्टू र निबृत्त राष्टूसेवक दुवैको पारस्परिक हित हुने देखिन्छ ।
(प्रशासकीय अधिकृत, नेपाल विद्युत प्राधिकरण)