माझफा“टका बालबालिकालाई शैक्षिक सामग्री

दमौली । व्यास ९ माझफाँटका बालबालिकालाई वडा कार्यालयले शैक्षिक सामग्री वितरण गरेको छ । 
आईतबार आयोजित कार्यक्रममा वडाध्यक्ष सुरेश थापाले जनही तीन हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री १५ जनालाई प्रदान गरे । 
कमजोर आर्थिक अवस्था भएका परिवारलाई छनौट गरी पोशाक, ट्रयाकसुट, झोला तथा जुत्तदा प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । छात्रवृत्ति वितरण कार्यक्रममा नेपाली कांग्रेसका वडा संयोजक विरभद्र आचार्य, पूर्व प्रधानाध्यापक नारायण न्यौपाने, विव्यस अध्यक्ष वामदेव न्यौपानेलगायतले बोलेका थिए । सहयोगप्रति विद्यालयकी प्रधानाध्यापक इन्द्रकला आचार्यले वडा कार्यालयप्रति आभार प्रकट 
गरिन् ।