कार्यकारी सम्पादक पौडेललाई पुरस्कार

 दमौली  । दमौली एफएम ९४.२ का स्टेशन इञ्चार्ज तथा दमौली खबर दैनिकका कार्यकारी सम्पादक पवन पौडेललाई प्रदेश नम्बर ४ बाट प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । 
नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्यांकन समितिको बैठकले प्रदेश नम्बर ४ बाट पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको महासंघले विज्ञप्तिमार्फत जनाएको छ । पत्रकार पौडेलले गत वर्ष प्रादेशिक लेखनवृत्ति पाएका 
थिए । पुरस्कारको राशी २० हजार रुपैयाँ छ । पत्रकार पौडेलसँगै प्रदेश नम्बर १ बाट रेडियो नेपालका निरोज कोइराला, प्रदेश नम्बर २ बाट राजधानी दैनिकका कृष्ण सिग्देल, प्रदेश नम्बर ३ बाट सीआइएनका चमारसिंह, प्रदेश नम्बर ५ बाट बुद्धदर्पण दैनिक कपिलवस्तुकी पार्वती पाण्डे, कर्णाली प्रदेशबाट कारोबार दैनिकका मेघराज खड्का, प्रदेश नम्बर ७ बाट गोरखापत्र दैनिकका गोकर्ण दयाल तथा उपत्यका प्रदेशबाट रेडियो नेपालका चन्द्र बानियाँ पुरस्कृत भएका छन् । 
छनौट समितिले शिक्षा पत्रकारिता पुरस्कार भने बुटवल टुडे दैनिक तथा शिक्षक मासिकमा कार्यरत कृष्ण मल्ललाई प्रदान गर्ने निर्णय गरेको छ ।