आज नगर सभा

 दमौली  ।व्यास नगरपालिकाले बुधबार व्यास नगर सभा गर्दैछ । गत असार १० र ११ गते चलेर स्थगित सभा बुधबार हुन लागेको हो । सभामा नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ का लागि बजेट पेश भएको थियो । सभाले बजेटको मूल शीर्षक तथा नीति तथा कार्यक्रमका धेरैजसो विषय पारित गरेको छ । तर केही विधेयक तथा नीति तथा कार्यक्रमका केही विषय भने छलफलका लागि बाँकी रहेकाले ती विषयहरु सभामा छलफलपश्चात पारित हुने नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । नगरपालिकाले सभामा सहकारीसम्बन्धी विधेयक तथा नगर  क्षेत्रका अनाथ बालबालिकाको व्यवस्थाका लागि विधेयक पेश 
गर्दैछ । यसअघिको सभाले वडाबाट पारित भएर आएका सिलिङभित्रका योजना छनोट गरे पनि नगरपालिकाकै मुल बजेटबाट हुने तथा वडाको बजेमा पर्न नसकेका योजनाबारेसमेत टुंगो लगाउने नगरपालिकाका वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकारी कुमारकञ्चन जिसिले जानकारी 
दिए । 
व्यास नगरपालिका उप प्रमुख मिरा जोशीले सभामा आर्थिक वर्ष ०७४÷०७५ को एक अर्ब १२ करोड २४ लाखको बजेट नीति तथा
कार्यक्रम पेश गरेकी थिइन् । बजेटको मूल शीर्षक भने सभाबाट पारित भएको थियो । 
नगर सभामा प्रस्तुत चालुतर्फको ६४ करोड ७५ लाख, पुँजीगततर्फको ४७ करोड ४९ लाख बजेट पारित भएको छ । बजेटमा नगरपालिकाले तीन वर्ष भित्र माहेन्द्री मार्ग, कालिका मार्ग, केशवटार मार्ग, फराकचौर रिस्ती रिङरोड, क्यामिन मार्ग, कलेस्ती बिर्ता मार्ग आदिलाई प्राथमिकतामा राखि क्रमैसँग कालोपत्रे र स्तरीकरण गर्ने उल्लेख गरिएको छ । नगरपालिकाले यसअघि हरेक वडाका लागि एक करोडको शिलिङ तोकेकामा बजेटमार्फत एक करोड १० लाख पु¥याएको छ ।