किन भयो तनहुँ कांग्रेसमा उम्मेद्वार छनौटमा समस्या ?

– दानबहादुर श्रेष्ठ
नेपाली कांग्रेसको उम्मेद्वार छनौट समस्या चरम उत्कर्षमा पुगेको छ भने करिब–करिब जिल्लामा टुङ्गिने सम्भावना नरहेको जानकारहरु बताउँछन । यो हुनुमा कार्यकर्ता भन्दा नेता बढी जवाफदेही हुन पर्दछ ।  उम्मेद्वार हुन पाउने उम्मेद्वारको मापदण्ड को आधार तय नहुँदा समस्या आएको हो । हालसम्म टुङ्गो लागेको भनिएको ४ स्थानिय तहमा पनि कति कार्यकर्ता असन्तुष्ट मात्र छैनन चिन्तित पनि छन । स्थानिय तहको उम्मेद्वार चयनमा एउटा मापदण्ड भन्दा पनि “स्थानान्तरण हुन सक्ने“ नितिले नतिजाको लागि कठिनता थपेको छ । व्यास नगरपालिका भित्र नै उक्त नीतिको बिपक्षमा “अध्यक्षका उम्मेद्वार सदस्यको दाबेदार बन्न नपाउने“ निर्णय हुनुले नेतृत्व लिन चाहनेले सदस्यमा झर्न नहुने र सदस्य लिन चाहनेहरु प्रभावित हुने एक कांग्रेसी हिमायती बताउँछन । कांग्रेस हुँ भनेकै भरमा एउटा मापदण्ड तयार नगरी जसरी कांग्रेस अगाडि बढेको छ त्यसले पार्टी नेतृत्वलाई असर गर्ला नगर्ला त्यसले आम कार्यकर्तालाई वितृष्णा ल्याउनेमा दुई मत छैन । 
 
समाधान कसरी ?
कांग्रेस सिद्धान्त र कृयाशिलतामा विश्वास राख्ने पार्टी हो । मुलतः कांग्रेस बन्नु भन्दा कांग्रेसको मुलभुत सिद्धान्त स्थापित गराउन को कसरी लागि परेको छ त्यसको मुल्याङकन कांग्रेसले गर्नपर्दछ । बिपि बादका अनुयायी भनेर नथाक्ने कांग्रेस लोकतन्त्र र समाजबाद स्थापित पहिलो उद्देश्य बोकेर अगाडि बढ्नुपर्दछ । जात वर्ग, धर्म र लैङ्गिक बिभेदको अन्त्यकोलागि कांग्रेस लाग्दछ भने त्यसले कांग्रेस मात्र हैन लोकतन्त्र संस्थागत गर्न समेर टेवा पुग्दछ । 
 
अन्तिम न्याय 
कांग्रेसमा युवा पुस्ता आउने कुरामा अन्यौल छ । बिपिले युवा दलित र जनजाती तत्कालिन अवस्थामै शक्तिकेन्द्रमा पुर्रुयाएको कुरा नबिर्सने हो भने पनि कांग्रेसको गरिमा स्थापित गर्न धेरै सोँच्न पर्दैन । क्षमताको र कृयाशिलताको आधारमा उम्मेद्वार चयन गर्ने हो भने र निश्चित एउटा मापदण्ड तय गर्ने हो भने बर्षौ कांग्रेस धानेर बस्ने कार्यकर्ताको न्याय त  हुन्छ नै द्वन्द्वकालमा नेतृत्वले छोडेका टुहुरा कार्यकर्ताको सम्मान पनि हुनेछ ।  प्रजातन्त्रको मसिहा ठान्ने कांग्रेसको आन्तरिक लोकतन्त्र भाव कमजोर बन्दै गएको बेला मा स्थानिय तहको नेतृत्व चयनले अबको कांग्रेसको कार्यदिशा पनि निर्धारण गर्दछ । अबको कांग्रेसको भविष्य पनि उसको कार्यकुशलताले तय गर्ने हुँदा पनि कांग्रेस यो मानेमा अझ बढी गम्भीर हुन पर्दछ ।
 
तनहुँ र कांग्रेस एक अर्काका पर्यायवाची शब्दप्राय हुन देशमा, देशभर रहेको ६३ प्रतिशत कम्युनिष्टका अगाडि ३७ प्रतिशत लोकतान्त्रीक दलको गरिमा स्थापित गर्न तनहुँ कांग्रेसको भुमिका उल्लेख्य नै रहेको छ । दुई धारबाट शुरु भएको तनहुँको कांग्रेस यात्रा अहिले साझा बिन्दुका थुप्रै बिचारहरु छन यद्यपि राजनैतिक वृत्तबाटै खारिएर आएका शिक्षित तथा बुज्रुकहरुको उपस्थिती र प्रभाव हुनुले यदि सत्य प्रयास र ईमान्दार तरिकाले प्रस्तुत हुने हो भने नतिजा निकाल्न ठूलो कसरत गर्नै पर्दैन । करिब दुई दशकसम्म नभएको स्थानिय तहको निर्वाचनमा एउटा मापदण्ड तयार गर्ने हो भने उम्मेद्वार छान्न कुनै महाभारत हुने छैन । 
 
द्वन्द्वकालदेखी हालसमको बारेमा सबैभन्दा जानकारी स्थानिय तहका नेताहरुलाई हुन्छ ,दण्डहिनताको अन्त्यको लागि निष्ठाको राजनिती गरेका ईमान्दार नेताको भनाईलाई आधार मानेर निर्णय एउटा पाटो हो भने कमसेकम कृयाशिल सदस्य अर्को पाटो हो, पार्टिको साख बढाउन उसले गरेका कामहरु, राजनैतिक इमान्दारिता, समाजमा उसको प्रभाव उम्मेद्वार बन्ने कसि हुन पर्दछ । 
 
यी सबै कुराहरुलाई आधार मानेर ईमान्दार तवरले प्रस्तुत हुने हो भने नेतृत्व चयन गर्न कुनै अर्को दिन कुर्न पर्ने छैन । 
 
दिग्गज नेता रहेको तनहुँमा अहिलेको स्थानिय तह को क्षेत्राधिकार र काम कर्तव्य अधिकारको बारे अधिक सोँच्न पर्दछ भने अब अर्को निर्वाचनमा अहिलेको नेतृत्व चयनले कांग्रेसको भविष्य निर्धारण गर्ने हुँदा थप गम्भीर हुन पर्ने छ किनकी जब सिद्धान्त हार्छ नाम मात्रको कांग्रेस जिवित रहेर न त नागरिक हक सुरक्षित हुन्छ न त हाम्रो स्वतन्त्रता ।
 
(लेखक तरुण दल तनहुँका क्षेत्रीय अध्यक्ष हुन् । )