राष्ट्रपति रनिङ शिल्ड विजेतालाई सम्मान

 दमौली  । १० औँ राष्टूपति रनिङ शिल्ड प्रतियोगितामा तनहुँमा प्रथम र द्वितिय हुन सफल विद्यालयलाई जिल्ला खेलकुद विकास समिति तनहुँले सोमबार एक कार्यक्रम गरि सम्मान तथा प्रोत्साहन पुरस्कार वितरण गरेको छ । 
राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने व्यास २ स्थित सत्यवती माध्यमिक विद्यालय र द्वितिय हुने भिमाद ६ स्थित जनज्योती माध्यमिक विद्यालयलाई सम्मान गरिएको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सत्यवती माध्यमिक विद्यालयलाई प्रथम पुरस्कार स्वरुप ४५ हजार रुपैयाँको साथमा सम्मान गरिएको  समितिका अध्यक्ष ऋषिराम भुषालले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य अधिकारी, विद्यालयका प्रधानाध्यापक इन्द्र पौडेल र शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र सापकोटालाई जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष ऋषिराम भुषालले हस्तान्तरण गरे ।  
त्यस्तै जनज्योती माविका  प्रधानाध्यापक गणेश सुवेदीलाई द्वितिय पुरस्कार ३० हजार रुपैयाँ हस्तान्तरण गरियो । रकम हस्तान्तरण गदै अध्यक्ष भुषालले आगामी खेलमा प्रदेश र केन्द्रीयस्तरमा समेत प्रतियोगिता खेलेर राम्रो नतिजा ल्याउन शुभकामना 
दिए ।