जामुनेमा एनआईसीको शाखारहित सेवा

 दमौली  ।  एनआइसी एसिया बैंकले जामुने बडहरेबाट बैकिंङ सुविधा प्रदान गरेको छ । शुक्रबार उद्योग वाणिज्य संघ दमौली बजार ईकाई उपसभापति सुकनारायण मल्लले सेवाको रिबन काटेर उद्घाटन गरे । बडहरेका युवा रोबिन श्रेष्ठलाई बैंकले शाखा संचालकको जिम्मेवारी सुम्पिएको
 हो । बैंकको कार्यालय नभएपनि शाखा रहित बैंकिङ सेवामार्फत स्थानीयलाई रकम जम्मा गर्ने बानीको विकास गर्न रचनात्मक सहयोग पुग्ने आफूले विश्वास गरेको उपसभापति मल्लले बताए । 
एनआईसी एसिया बैंकका दमौली शाखा प्रवन्धक महेश्वर दवाडीले आफूहरुलाई तनहुँवासीले ठुलो विश्वास गरेकोले नै छोटो समयमा नै जामुने, साँखे र तनहुँको व्यास ७ कलेस्तीमा शाखा रहित बैंकिङ सेवा संचालन गर्न सकिएको उनले बताए । शाखारहित सेवा संचालक श्रेष्ठलाई उपसभापति मल्ल र बैंकका प्रवन्धक दवाडीले रेकर्ड कायम राख्ने डिजिटल ट्याब्लेट समेत हस्तान्तरण गरेका थिए । बैंकिङ सेवालाई झण्झट भन्दा पनि अनिवार्य पद्धतीका रुपमा बुझ्न सके रकम जम्मा गर्ने र ठुलो रकमलाई व्यवसायमा लगानी गर्ने बानीको विकास हुने आफूले ठानेको कार्यक्रममा सहभागी कुमारी बैंक दमौली शाखा प्रवन्धक मनोज पोखरेलले बताए ।
एनआईसी एसिया दमौली शाखाका सम्बन्ध प्रवन्धक सरोज जमरकट्टेल र दमौली बजार ईकाइका सदस्य किशोर श्रेष्ठले बैंकले व्यक्तिको व्यवसाय वृद्विमा सघाउ पु¥याउने भएकोले सुख दुःखको सहयात्री भएको बताए । 
शाखा सहित सेवाबाट खाता खोल्न सकिने, ५० हजार रुपैंयाँदेखि एक लाख रुपैंयाँसम्म राख्न र झिक्न सकिने बैंकले जनाएको छ ।