राष्ट्रिय मगर संघमा राना

 दमौली  । राष्ट्रिय मगर संघको काठमाडौंमा सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनबाट तनहुँका जितराज राना सह महामन्त्रीमा सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट नवलपुरका ओमबहादुर थापा सभापतिमा चयन भएका हुन् ।उप सभापतिमा श्रीप्रसाद भलामी र दिनेश थापा तथा उप सभापति महिलामा कुशुमदेवी थापा चयन भएका छन् । महामन्त्रीमा इच्छु राना तथा सह महामन्त्रीमा जितराजसहित भीमकुमार आले र सह महामन्त्री महिलामा उमादेवी थापा चयन भएका छन् । ३२ सदस्यीय कार्य समितिको कोषाध्यक्षमा कृष्ण थापा चयन भएका छन् ।