चण्डीदेवीमा ढुंगाना

दमौली  । चण्डीेदेवी राष्ट्रिय मावि व्यास १० को अध्यक्षमा ऋषिराम ढुंगाना सर्वसम्मत चयन भएका छन् । हालै सम्पन्न अभिभावक भेलाले ढुंगानाको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो । समितिका सदस्यहरुमा सरस्वती पौडेल र बिरु थापा चयन भएका छन् । समितिले बाबुराम पौडेल र देवकादेवी पौडेललाई सदस्यमा मनोनित गरेको छ । यसैगरी विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा भीमप्रसाद ढकाल चयन भएका छन् । सदस्यहरुमा जिममाया भण्डारी, भोलानाथ पौडेल, खड्गबहादुर दरै, सम्झना विक र ज्ञानबहादुर बोटे चयन भएका छन् ।