महेन्द्र ज्योति माविमा मतदान

 दमौली  । सहमति हुन नसकेपछि अन्ततः व्यास ६ शिशाघाटस्थित महेन्द्र ज्योति माविको विद्यालय व्यवस्थापन समितिको  अध्यक्ष मतदानमार्पmत छनौट गरिएको छ । 
मतदानबाट दुई प्रतिष्पर्धीलाई पराजित गर्दै मेघप्रसाद नागिला अध्यक्षमा निर्वाचित भएका छन् । उनले कुल ३ सय २५  मध्ये २ सय ६  मत प्राप्त गरेका 
थिए । अध्यक्षका प्रत्यासी रोमबहादुर विकले ६४ र ध्रुवसिं ठकुरीले ४० मत प्राप्त गरेका थिए । मतदानमा कुल चार सय ७५ मत मध्ये तीन सय २५ मत खसेको थियो भने १५ मत बदर भएको थियो । 
यसैगरी, समितिका सदस्यमा खुल्ला सदस्यमा भरत छिमाल र खुल्ला महिला सदस्यमा सरीता शाही सर्वसम्मत चयन भएका छन् । छनौट प्रकृयामा संयोेजक विद्यालय निरिक्षक रामेश्वर लमिछाने, व्यास ६ का वडा सदस्य ढालप्रसाद घिमिरे, श्रोत व्यक्ति वेदनाथ पोख्रेल र प्रधानाध्यापक वुद्धिकुमार श्रेष्ठ सहभागी थिए । कार्यक्रममा व्यास ६ का वडा अध्यक्ष सुर्यभक्त भण्डारी, वडा सदस्य ढालप्रसाद घिमिरे, निवर्तमान अध्यक्ष अर्जुनप्रसाद नागिला, विद्यालयका प्रधानाध्यापक बुद्धिकुमार श्रेष्ठ र सहायक प्रधानाध्यापक हरिराज काफ्लेले नव निर्वाचित मेघप्रसाद नागिलालाई बधाई ज्ञापन गरेको शिक्षक ऋषिराम वाग्लेले जानकारी दिएका छन् ।