पत्रकार महासंघलाई सांसद श्रेष्ठको ५० हजार

दमौली  । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले नेपाल पत्रकार महासंघ तनहुँलाई ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका 
छन् । 
सांसद श्रेष्ठले पत्रकार महासंघको निर्माणाधीन भवनका लागि आफ्नो मासिक तलब बापतको रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । सांसद श्रेष्ठले व्यास १ गल्बुबेसी र व्यास ४ को सिमलटार जोड्ने मोटरेबल पुलको उद्घाटनका क्रममा पत्रकार महासंघलाई आगामी महिनाको तलब दिने प्रतिवद्धता जनाएका हुन् । उनले सोही कार्यक्रममा तीन महिनाको तलब विभिन्न ठाउँका संघ संस्थालाई हस्तान्तरण गरेका थिए ।