भदौ १ गते तल्लो गुणादीमा सेभेन ए साइड फुटबल

 दमौली  ।फ्रेण्डसीप युवा क्लबको आयोजनामा जामुने १ तल्लो गुणादीमा भदौ १ गतेबाट प्रथम फ्रेण्डसीप कप सेभेन ए साइड खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । 
माथिल्लो गुणादीमा सेभेन ए साइड फुटबल भएको केही दिनमै तल्लो गुणादीमा समेत सेभेन ए साइड फुटबल गर्न लागिएको हो । क्लबका अध्यक्ष दुर्गाराज थापाले युवा क्लबहरुको व्यापक सहभागीतामा प्रतियोगिता गर्न लागिएको जानकारी दिएका छन् । युवाहरुलाई लागूपदार्थबाट मुक्त गराउँदै सामाजिक काममा लगाउनका लागि प्रतियोगिता गर्न लागिएको थापाले बताए । तल्लो गुणादी खेल मैदानमा हुने प्रतियोगितामा ३० भन्दा बढी टिमको सहभागीता रहने आयोजकको अनुमान छ । प्रतियोगितामा विजेतालाई नगद ७५ हजार ७ सय ५० तथा उप विजेतालाई ३५ हजार ३ सय ५० रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडि, गोल किपर र अनुशासित टिमलाई समेत पुरस्कार दिइनेछ । प्रतियोगिताको पूर्वसन्ध्यामा प्रचारप्रसारलाई तीव्र पारिएको छ । जिल्लाभरका युवा क्लबहरुको सहभागीता रहने अपेक्षा गरिएको अध्यक्ष थापाले बताए ।