प्रश्नपत्र हराएपछि सीटीइभीटीको परीक्षा स्थगित

 दमौली  ।परीक्षाको अघिल्लो दिन प्रश्नपत्र हराएपछि देशैभरका निजी इन्स्टिच्युटमा सोमबार तय प्राविधिक एसएलसीमा पूर्ण शुल्कीयतर्फको प्रवेश परीक्षा स्थगित भएको छ । सीटीइभीटीले वेबसाईटमा सोमबार विहान सूचना निकालेर परीक्षा स्थगित भएको जानकारी दिएको हो । दमौलीको गण्डकी टेक्निकल ट्रेनिङ सेन्टरका लागि ल्याइएको प्रश्नपत्र बाटाबाटै बेपत्ता भए पछि परीक्षा स्थगित गरिएको सीटीइभीटीका एक अधिकारी शिवहरि ढकालले जानकारी दिए । 
सोमबारको परीक्षाका लागि आईतबार सेन्टरका शिक्षक प्रेमचन्द्र यादवले प्रश्नपत्र लिएर आएकोमा उनले आफू दुर्घटनामा परेको बताएका थिए । आईतबार दिउँसो साढे ३ बजे डुम्रे नजिकैको पृथ्वी राजमार्गमा दुर्घटनामा परेको बताएका यादवले झोलासमेत नभेटिएको भने पछि खोजी गरिएको थियो । सोमबार विहानसम्म पनि प्रश्नपत्रको झोला खोज्न प्रहरी परिचालन गरिएकामा नभेटिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए । 
घाइते भनिएका चौधरीले मोटरसाईकल दुर्घटनालगत्तै अस्पताल जानु परेको र पछि घटनास्थलमा जाँदा प्रश्नपत्र नभेटिएको बयान प्रहरीलाई दिएका छन् । त्यसपछि प्रहरीले खोजी टोली खटाएको थियो ।
दिउँसो २ बजे तय भएको परीक्षाका लागि प्रश्नपत्र विहानसम्म नभेटिएपछि सीटीइभीटीले वेबसाइटमा सूचना जारी गरेर परीक्षा स्थगित भएको जनाएको हो ।
देशैभर दिउँसो २ बजे पूर्ण शुल्कीयतर्फ सीएमए, एएनएम, एग्रीकल्चर, जेटिए आदिका लागि प्रवेश परीक्षा लिने तयारी गरिएको थियो । घाइते भनिएका चौधरीले मोटरसाईकल दुर्घटनालगत्तै अस्पताल जानु परेको र पछि घटनास्थलमा जाँदा प्रश्नपत्र नभेटिएको बयान प्रहरीलाई दिएका छन् ।