समुरमा वृक्षारोपण

 दमौली  । भानु १३ समजुरको जनसहयोगी माविमा विद्यालयलाई श्रमदान गर्ने क्रममा ६३ बर्षको उमेरमा ज्यान गुमाएका इसुफदिन मियाको १२ औं स्मृतिमा वृक्षारोपण कार्यक्रम गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मौलादिन शेखको अध्यक्षतामा भएको कार्यक्रममा भानु १३ क वडा अध्यक्ष रामबहादुर बानियाँ, मुस्लिम संघ नेपालका हाजी रफिक मियाँ, वडा सदस्य कृष्णबहादुर अधिकारीलगायतले बोलेका थिए ।
सभामा १२ ओटा विभिन्न असोका, कपुर, पारिजात तथा धुपि लगायतको बिरुवा 
रोपिएको विद्यालयका शिक्षक बाबुराम खनालले जानकारी दिएका
 छन् ।