कुटपिटबाट सहचालक घाईते

 दमौली  । व्यास ६ बाह्रबिसेमा स्थानीय युवाको कुटपिटबाट बसका सहचालक घाइते भएका छन्  । 
स्थानीय स्टाफ होटलमा बसेका सह पोखरा महानगरपालिकाका ग १ ख ७७१४ का सह चालक  राजु कुमाल घाईते भएका हुन् ।  उनीमाथि शुक्रबार साँझ कुटपिट भएको प्रहरीले जनाएको छ । घाइते कुमाल दमौली अस्पतालमा उपचारपश्चात घर फर्किएका छन् । 
उनको निधारमा ४ वटा टाँका लगाईएको र टाउकोमा धेरै चोट लागेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पदम थापाले बताए । घाईते कुमालले आफूमाथि ६ जनाले कुटपिट गरि भागेको बताए । प्रहरी निरीक्षक थापाले घटनामा संलग्नको खोजी भैरहेको बताएका छन् ।