सर्पले डसेर अचेत

 दमौली  । सर्पले डस्दा घिरिङ गाउँपालिकाका एक पुरुष अचेत बनेका छन् । 
घरमै बसेको अवस्थामा सर्पले डस्दा घिरिङ ४ नयाँटारका ४३ वर्षका लोकबहादुर विक अचेत भएका हुन् । पिंढीमा बसिरहेका बेला सर्पले टोक्दा अचेत विकको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।