लोक भाका जोगाउन रोधिघर

 दमौली  । लोक संस्कृती र भाका जोगाउन भन्दै एक संस्थाले टेलिभिजन कार्यक्रम सञ्चालन गर्न थालेको छ । गामवेशी रोदीघरले शहरी क्षेत्रमा मात्रै नभई दुर दराज सम्म पुगि त्यस गाउँको लोकभाकाको ज्ञान लिने र उनिहरुको पनि सहभागितामा एकल तथा दोहोरी लोक भाकाको प्रस्तुति दिने गरेको छ । 
रोधिघरका अध्यक्ष शंकर परियारका अनुसार हाल तनहुँ , लमजुङ र गोरखमा अभियान सञ्चालन भई रहेको छ । यस क्रममा ति जिल्लाका विभिन्न ठाउँहरुमा गरी १९ ठाउँमा कार्यक्रम गरिएको छ । रोधीघरकी रिता तिवारी राम्रो काम जटिल हुने बताउँदै टिममा सबैको साथ र सहयोग मिलेकोले हौंसला मिलेको बताउनु भयो । सस्थाकी कोषाध्यक्ष सावित्री हड्खलेले अभियानले गरेको कार्यक्रममा सहभागिता राम्रो भए पनि आर्थिक अभाव हुँदा कार्यक्रम सञ्चालन गर्न कठिन भईरहेको जानकारी दिइन् । अभियानका व्यवस्थापक तथा  छायाँकार राजकुमार श्रेष्ठले लोक भाकाको जर्गेना गर्ने र संरक्षण गर्ने जस्तो पवित्र कार्य भएकोले अभियानलाई साथ दिई रहेको बताए । रोदीघरले विदेशमा पनि आफ्नो अभियान र  कार्यक्रम पु¥याउने बताएको छ ।