म्याग्देको सराहनीय निर्णय

गाउँपालिकाका हरेक वडामा खेल मैदान विकास गर्ने म्याग्दे गाउँपालिकाको निर्णय सराहनीय छ । मैदानकै अभावमा गाउँपालिकाका विभिन्न भागमा खेलको विकास गर्न कठिन भएको छ । खेलप्रेमीहरुले खेतलाई कतै भाडा तिरेर त कतै सुभेच्छुकसँग मागेर काम चलाईरहेका छन् । खेलप्रति उत्साहीको जमात बढिरहेको सन्दर्भमा गाउँपालिकाले गरेको निर्णय व्यवहारमा आउन त समय लाग्ला तर यसले आशा भने बाँड्ने काम गरेको छ । बोलिएका कुरा व्यवहारमा पुरा गर्नु सबैको कर्तव्य हो । लगातार खेल प्रतियोगिता भैरहेको गाउँपालिकामा यस्ता निर्णयले खेलप्रेमीहरुलाई उत्साही त बनाएको छ नै सँगै काम चाँडो नहुँदा समस्या पनि भएको छ । गाउँपालिकाले तदारुकताका साथ काम गर्ने हो र वडाहरुले साथ दिने हो भने म्याग्देमा खेल मैदान बनाउने कामले चाँडै गति पनि लिन सक्दछ । गाउँपालिकाको निर्णयले दिलाएको आशा अब व्यवहारिकतामा बदल्न जनप्रतिनिधिसँगै स्थानीय सक्रिय जागरुक नागरिक समाजको पनि भूमिका अहम् छ ।