सुन अभावको अर्थतन्त्र साइनो

पछिल्लो समय देशैभर काँचो सुनको अभाव देखिएको छ । मुख्य सिजनमै प¥याप्त काँचो सुन नपाउँदा समस्या परेको व्यवसायीको गुनासो छ । उता, सुनको मूल्यमा गिरावट आइरहँदा खरिद गरेर जगेडा राख्ने उपभोक्ता मारमा परेका छन् । अनि व्यवसाय सञ्चालनका लागि भनेर खडा भएका व्यवसायीले पनि यसको मार खेप्नुपरेको छ । अनौपचारिक च्यानलबाट देशमा ठूलो परिमाणमा सुन आयात भएको अवस्थामा सरकारले राष्ट्र बैंकमार्फत कम आयात गर्दासमेत सुनको अभाव भएको थिएन । तर अनौपचारिक च्यानलको कडाई र औपचारिक च्यानलमा सुधार नभएका कारण अहिले व्यवसायी मारमा परेका हुन् । देशमा सुनको आयातलाई प्रोत्साहित नगरे पनि अवैध व्यापार कडाई भएसँगै वैध व्यापारलाई सहज बनाउन आवश्यक कदम  चालिनुपर्दछ । यसतर्फ सरकारको ध्यान जानु जरुरी छ । अन्यथा अवैध व्यापार र कालोबजारीले नै बढावा पाउने देखिन्छ ।