नारीबोटमा वृद्धको शव

दमौली  । भानु ६ नारीबोटमा एकजना मृत भेटिएका छन् । व्यास ११ का ८५ वर्षिय लेखबहादुर राना सोमबार दिउँसोदेखि बेपत्ता भएकोमा प्रहरीले खोज्दै जाँदा उनलाई मृत फेला पारेको हो ।  
उता, पोखरा महानगरपालिका २२ फुस्रेखोलाको चिसापानीमा एक महिला मृत फेला परेकी छिन् ।  ६० बर्षिया रेणुका विक आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । 
घटनाबारे अनुसन्धान भैरहेको जनाइएको छ ।