स्थानीय तहमा ‘स्मार्ट्नेस’

देशमा स्थानीय तह चुनावताका सबैजसो उम्मेदवारले पुकार्ने शब्दावली बनेको थियो, ‘स्मार्ट सीटी’ । स्माट सीटीको ‘स्मार्ट’ एजेण्डा लिएर चुनाव लड्न ेमध्यले नै चुनाव जिते । किनकी स्मार्ट  सीटीको नारा नअलाप्ने उम्मेदवार कम्पतीमा शहरोन्मुख तहमा फेला पार्न मुस्किल थियो । तर व्यवहारिक रुपमा अभ्यास हेर्ने हो भने एक वर्ष बितिसक्दा पनि यसको अवस्था निकै कमजोर छ । शुक्लागण्डकी नगरपालिकाले तनहुँमा केही हदसम्म यसलाई  अपनाउन थालेको देखिए पनि व्यवहारतः यतिलाई नै पूर्णरुपमा ‘स्मार्ट’ भन्न सकिने अवस्था छैन । तर सकारात्मक शुरुवात भने यसलाई भन्न सकिन्छ । स्मार्ट सीटी वास्तवमा प्रविधिमैत्री शहरको परिकल्पना हो । विश्वमा धेरै सहरहरु यो अवधारणामा गैसकेका छन् । र, पछिल्लो नमूना उदाहरण दुबईलाई मान्न सकिन्छ । सकेसम्म कागजको कम । ण्प्रयोग अनि सेवा लिनका लागि सम्बन्धित कार्यालयमै जानु नपर्ने अवस्थालाई स्मार्ट सीटीको अवधारणाले समेटेको छ । यसअन्र्तगत तथ्यांकहरु सूचना प्रविधिका वेबसाईट, एप्लिकेशन र मोबाईलमा हुन्छन्, जसको उपयोगबाट नागरिकले सरकारका सेवा लिन सक्दछन् । यति मात्र होइन सरकारलाई तिर्ने कर दिनका लागि पनि  यी माध्यम उपयोग हुन्छन् । नागरिकको परिचयपत्र बोकेको कार्डमा उसका सबै तथ्यांक  एकै द्वारबाट लिन  सकिन्छ । यो सुन्दर अवस्थालाई स्मार्ट सीटीले व्यवहारमा उतारेको छ । दुबईलाई यसै कारण स्मार्ट सीटी भनिएको हो । परिवर्तित विश्वमा सबै सुविधा मोबाईलमा पुगिरहँदा हामी कहाँ छौं? हाम्रा अधिकांश स्थानीय तहका वेबसाईट अपडेट छैनन् । मोबाईलमा सेवा पुग्नु त परको कुरा । शुक्लागण्डकीले शुरुवात गरेको कुरा सकारात्मक छ । उसले स्मार्ट बन्नका लागि गर्नुपर्ने कुरा धेरै छ । तर  अरुले त्यति पनि नगरेकाले धेरै गर्नुछ । सेवाको गुणस्तरीयता बढाउने, आम नगरिकलाई सहजता दिने तथा सन्तुष्ट राख्नका लागि स्मार्ट पालिकाको अवधारणा नपछ्याई कुनै तहलाई पनि सुख छैन । यसतर्फ उनीहरु समयमै गम्भीर बन्नुपर्छ । नागरिकलाई गरेको बाचा पुरा गर्नुपर्छ ।