भानुमा बस पल्ट“दा सह–चालकको मृत्यु

दमौली  । डुम्रेबाट बेसिसहर जाँदै गरेको एक यात्रुवाहक बस भानु नगरपालिको तुरतुरेमा दुर्घटनामा पर्दा सहचालकको मृत्यु भएको छ । ग १ ख ४४४५ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । मृत्यु हुनेमा सह–चालक तुरतुरेकै २७ वर्षका ज्ञानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते थापाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको लागि ल्याउँदै बाटोमा मृत्यु भएको प्रहरीको भनाई छ । बसमा सवार यात्रु मध्ये नौको अवस्था गम्भीर रहेको र उनीहरुको लक्ष्मी  अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामान्य घाईते भएका भने उपचार पश्चात घर फकिएका छन् ।