लायन्सको चार्टर डे

 दमौली  । लायन्स क्लब अफ तनहुँको ३१ औं स्थापना दिवस दमौलीमा मनाइएको छ । बुधबार दमौलीमा आयोजित कार्यक्रममा बोल्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले लायन्सले तनहुँमा उत्कृष्ट सामाजिक काम गरेको बताए । सामाजिक सेवाका क्षेत्रमा लायन्सका काम तनहुँमा उदाहरणीय भएको भन्दै उनले थप सामाजिक सेवाका कार्य गर्न सुझाव दिए । क्लबका अध्यक्ष प्रतापसिं गुरुङको सभापतित्वमा भएको कार्यक्रममा क्याबिनेट कोषाध्यक्ष माधवबहादुर पन्थ, व्यास नगरपालिकाका प्रथम प्रमुख ताराप्रसाद श्रेष्ठ, जोन चियर पर्शन राजकुमार श्रेष्ठ, रिजन चियर पर्शन सुरेन्द्र पौडेल, लायन्स क्लब अफ तनहुँ व्यास सीटीका अध्यक्ष डा. ईश्वरचन्द्र वाग्ले, लायन्स क्लब अफ तनहुँका पूर्व अध्यक्ष बलराम वाग्ले, क्लबका सचिव कृष्णहरि गैह्रेलगायतले बोलेका थिए । कार्यक्रममा क्लबका संस्थापक सदस्यहरु वृषराज श्रेष्ठ, कमलामोहन वाग्ले र शंकरलाल राजभण्डारीलाई सम्मान गरिएको थियो ।