महिला संघको तीज प्रतियोगिता

 दमौली  । नेपाल महिला संघ व्यास नगर समितिको आयोजनामा तीजको अवसरमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । दमौली खुला मैदानमा आयोजना गरिएको प्रतियोगितामा व्यास  नगर आमा समूह प्रथम भएको थियो । प्रतियोगितामा सृजनशील दिदि बहिनी समूह व्यास ४ दोश्रो तथा भादगाउँ  महिला समूह तेश्रो भएका थिए  । प्रतियोगितामा सान्त्वना पुरस्कार सामुदायिक आमा समूह व्यास १ र मालेबगर दिदि बहिनी समूहलाई प्रदान गरिएको थियो । 
कार्यक्रममा नेपाली कांग्रेस सभापति बैकुण्ठ न्यौपाने, प्रदेस सभा सदस्यद्वय सरिता गुरुङ र डोबाटे विक, महिला संघ सभापति पवित्रा पौडेललगायतले तीजको  शुभकामना प्रदान गरे । 
कार्यक्रम महिला संघ व्यास नगरकी सभापति इन्दिरा दरैको सभापतित्वमा सम्पन्न भएको थियो ।