नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो

 दमौली  ।  पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।  
विभिन्न ठाउँमा गएको पहिरोले सोमबार राति १ बजेदेखि अवरुद्ध बनेको यस सडक खण्ड मंगलबार साँझ ६ बजेदेखि एकतर्फी मात्र सञ्चालन गरिएको थियो । 
सबै ठाउँको पहिरो हटाएर बुधबार साँढे ११ बजेदेखि सडक दुईतर्फी रुपमा सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रवक्ता इञ्जिनियर शिव खनालले जानकारी दिएका छन् ।
सकड सुचारु भएसँगै दुवैतर्फ रोकेर राखिएका सवारी गन्तव्यतर्फ जान थालेको इञ्जिनियर खनालले बताए । सोमबार राति परेको अविरल वर्षाका कारण नारायण–मुग्लिन सडकको चार किलोमा ठूलो पहिरो गएको थियो । 
त्यसैगरी  घुमाउने, रिग्दीखोला, जलविरे, गाईघाटमा पहिरो गई सडक अवरुद्ध बनेको थियो ।