करेन्ट लागेर मृत्यु

 दमौली  ।  केबल लाईन मर्मतका क्रममा करेन्ट लागेर बन्दीपुर १ चिसापानीमा एक युवकको ज्यान गएको छ । मंगलबार विहान पोलमा अप्टिकल फाईबरको काम गर्दै आएका लमजुङ सुन्दरबजार १ हटिया घर भै हाल भानु १ निवासी २१ वर्षका गौरव कुमालको ज्यान गएको हो । फाईबरको लाईन मर्मतका लागि गएका कुमाल नांगो तारमा छोइएपछि करेन्ट लागेर खसेका थिए । उनको उपचारका क्रममा दमौली अस्पतालमा विहान करिब १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कुमाल हालै मात्र वैवाहिक सम्बन्धमा गाँसिएको बुझिएको छ । उनी सीम टीभीका कर्मचारी भए पनि स्थानीय एक रेडियोको अप्टिकलमा समस्या देखिएपछि मर्मतका लागि पुगेका थिए ।