अम्रेनीमा खुला तीज प्रतियोगिता

अम्रेनी आमा समूह व्यास ६ को आयोजनामा खुला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बाह्रबिसे आमा समूह प्रथम भएको छ । यसैगरी सरस्वती आमा समूह काफ्लेफाँट दोश्रो तथा डुम्रेस्वाँरा आमा समूह तेश्रो भएका छन् । प्रतियोगितामा देउराली आमा समुह देउराली सान्त्वना भएका छन् ।
 
कार्यक्रमको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए । आमा समूहकी अध्यक्ष लिलावती पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा व्यास ६ का वडाध्यक्ष सूर्यभक्त भण्डारी, व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ, व्यास ६ की सदस्य बुद्धिमाया विकलगायतले बोलेका थिए ।