‘बाल अधिकारको संरक्षण गरौं’

 दमौली  । जिल्ला बाल कल्याण समितिले एक कार्यक्रम गर्दै बाल दिवस मनाएको छ । दिवसका अवसरमा दमौली अनशन चौतारीबाट निस्किएको एक ¥यालीले बजारको परिक्रमा गरेको थियो ।
बालबालिका तथा अधिकारकर्मी सहभागी ¥यालीले बालबालिकाको हक अधिकारका पक्षमा नारा लगाउँदै बजार परिक्रमा गरेको थियो । ¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बाल अधिकारको संरक्षणमा सबैको भूमिका रहने बताए । बालबालिकाले विभिन्न माध्यमबाट सिकाई पाइरहेको भन्दै उनले बालबालिकाको उचित शिक्षा दीक्षाका लागि स्थानीय तहको पनि भूमिका रहेको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बाल अधिकार सुनिश्चितताका लागि सहकार्यको आवश्यकता औंल्याए । कार्यक्रममा म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया राना, व्यास नगरपालिकाकी उप प्रमुख मीरा जोशी, जिल्ला बाल कल्याण समिति स्टेयरिङ कमीटीका संयोजक खड्गबहादुर अधिकारी, आदिकवि भानुभक्त क्याम्पसकी स्ववियु सभापति दुर्गा भण्डारीलगायतले बोलेका
थिए । कार्यक्रममा दिवसका अवसरमा सञ्चालित वक्तृत्वकला प्रतियोगिता तथा चित्रकला प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।