घेदुङले सुरु ग¥यो ताम्सालिङ जागरण अभियान

 काठमाडौं ।  ताम्सालिङ भूमिलाई केन्द्रीत गरेर नेपाल तामाङ घेदुङले जागरण तथा संगठन निर्माण अभियान सुरु गर्ने भएको छ । आज घेदुङको संघीय सभाहलमा पत्रकार सम्मेलन गरेर घेदुङले त्यस सम्बन्धि जानकारी गराएको हो । 
सामाजिक मुद्दा सहितको राजनीतिक बिचार र राजनीतिक विचार सहितको सामाजिक जागरण भन्ने 
नारा दिइएको उक्त अभियानमा पहिलो, दोस्रो र तेस्रो गरी तिन चरणमा कार्यक्रम सञ्चालन गर्ने घेदुङका महासचिव बाबु घिसिङले बताए । 
उहाँको अनुसार पहिलो चरणमा नेवाः ताम्सालिङ (३ नं.) प्रदेशमा तामाङ बसोबास रहेको १०० भन्दा बढी स्थानीय तहमा संगठन निर्माण गर्ने, दोस्रो चरणमा साँस्कृतिक कार्यक्रम सहितको ताम्सालिङ जागरण सभाहरु सम्पन्न गर्ने र तेस्रो चरणमा निश्चित कार्यकर्तालाई (विशेष युवा लक्षित) प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । 
संगठन निर्माणको लागि १३ जिल्लालाई ६ वटा समूहमा विभाजन गरी संघीय कार्य समितिका पदाधिकारी, विभागीय प्रमूख, भातृसंगठनका अध्यक्ष, संघीय सदस्य, प्रदेश समितिका सदस्य र जिल्ला अध्यक्षहरुलाई जिम्मेवारी तोकिसकेको प्रदेश समितिका अध्यक्ष तथा संगठन संयोजक सोमबले तामाङले बताए ।   संगठन निर्माणको काम हामी असोज महिनाभित्र सक्ने योजनामा छौ, प्रदेश अध्यक्षले भने यदि लम्बियो भने कातिक १५ सम्म पुग्न सक्छ । त्यसपछि लगत्तै जागरण सभा सञ्चालन गरिने उनले बताए । 
जागरण सभामा ताम्सालिङ भूमि, समुदायको पहिचान, अधिकार, बिगतमा तामाङमाथि भएको उत्पीडन, शैक्षिक चेतना जगाउने, समाजको बिकृति, बिसंगति बिरुद्धका गीत, नृत्य प्रस्तुत गरिनुका साथै अभियानमा तामाङ बक्ता र पहिचानवादी गैर तामाङ बक्ताहरुलाई समेत लाने घेदुङले योजना बनाएको छ । जागरण सभाको संयोजन घेदुङका सल्लाहकार तथा जापानका लागि पूर्व राजदूत डा. गणेश योन्जनले 
गर्नेछन  । 
यसबाट तामाङ समुदायको सामाजिक, साँस्कृतिक, राजनीतिक चेतनाको ढोका खोल्ने योन्जनले बताए । यसखालको जागरण सभाहरु ल्होछार अगावै सम्पन्न भएपनि ल्होछारमा समेत एकमहिना सामाजिक, राजनीतिक जागरणको रुपमा पर्व मनाईने भएको छ । पछिल्लो चरणमा राज्यको ध्यान आकृष्ट गर्ने खालको आन्दोलन गर्न नसकेको हुँदा तामाङ समुदाय विभेदमा पर्दै गएको डा. योन्जनले बताए । उहाँले अभियानको क्रममा कुनै तत्वहरुबाट अवरोध भए त्यसको लिष्ट तयार गर्दै त्यसको मुकाविला तयार गर्नुपर्ने प्रष्ट पारे । घेदुङलाई हेर्ने दृष्टिकोण केही मान्छेहरुको नकारात्मक भएको भन्दै आफू यो अभियान सफल बनाउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।