१० सटर भाडामा लागेनन् बा“कीमा दोब्बर तिर्ने प्रतिष्पर्धा

 दमौली । व्यास नगरपालिकाको बहुद्देश्यीय भवनका ३९ मध्ये १० सटर तथा ब्लक भाडामा लागेका छ्रैनन् । नगरपालिकाले केही समयअघि खोलेको बोलकबोलको नतिजामा ३९ मध्ये २९ मा मात्र बोलकबोल परेको वित्त सहायक हेमन्त गुरुङले बताए ।
नगरपालिकाले बैंक तथा वित्तिय संस्थाका लागि तीन ब्लक तयार पारे पनि एउटामा मात्र बैंकले इच्छा देखाएको छ । सिद्धार्थ बैंकले ब्लक नम्बर १ मा बोलकबोल गरे पनि बाँकी दुई ब्लकमा बैंक वा वित्तिय संस्थाको आवेदन परेन । भुइं तल्लाका सटरहरुमा कतिपयमा दोब्बर बढी तिरेर पसल गर्न व्यवसायीले इच्छा देखाएका थिए । न्यूनतम २५ हजार शुल्क राखिएको सफा सडक मोहोडा भएको एउटा सटरमा ६२ हजार २ तथा अर्को सटरको २६ हजार न्यूनतम तोकिएकामा ६० हजार बोलकबोल गरिएको थियो । नगरपालिकाले सात दिनभित्र बोलकबोल गरेकालाई सम्पर्कमा आउन सूचना जारी गरेको छ । सम्पर्कमा नआएमा धरौटी जफत गरेर फेरि प्रक्रिया थालिने नगरपालिकाका बित्त सहायक गुरुङले बताए । 
बोलकबोल नै नपरेका १० सटरका हकमा फेरि प्रक्रिया थाल्ने नगरपालिकाको तयारी छ ।
व्यास नगरपालिकालाई साँचो हस्तान्तरण
नवनिर्मित बहुद्देश्यीय भवनको साँचो निर्माण कम्पनी सिनर्जी बिल्डर्सले व्यास नगरपालिकालाई हस्तान्तरण गरेको छ । 
नगर विकास कोषको ऋण एवं अनुदान सहयोग र व्यास नगरपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न भवनको गत साता नेपालका प्रथम राष्टूपति डा. रामवरण यादवले उद्घाटन गरेका थिए । सिनर्जी विल्डर्स प्रालिका प्रतिनिधि प्रदीप कंडेलले नगर प्रमुख वैकुण्ठ न्यौपानेको रोहबरमा  व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद वाँस्तोलालाई भवनको चाबी हस्तान्तरण गरे । बिल्डर्सले भवनको सबै रकम भुक्तान भएपछि हस्तान्तरण गरिएको जनाएको छ ।