स्काउट ट्रपद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग

 दमौली  ।  सत्यवती मावि स्काउट ट्रुपका विद्यार्थीहरुले व्यास ५ स्थित पराशर वृद्धाश्रमलाई संविधान दिवसका अवसरमा खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
सत्यवती माविका नेपाल स्काउटमा आवद्ध उनीहरुले दैनिक खाजा खर्चबाट बचत गरी वृद्धाहरुलाई सहयोग गरेका हुन् । सत्यवतीका स्काउट शिक्षकहरु उमा राना, निर्मला खनाललगायतको उपस्थितिमा ती सामग्री हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।