संविधान दिवसमा वाग्लेको शुभकामना

 दमौली  ।  बुधबार विभिन्न कार्यक्रम गरी मनाइंदैछ । दिवसका अवसरमा संविधान दिवस मुल समारोह समितिको आयोजनामा दमौलीमा प्रवचन कार्यक्रम हुँदैछ । 
व्यास नगरपालिकाको सक्रियतामा दमौली बजारको परिक्रमापश्चात जिल्ला समन्वय समितिमा प्रवचन कार्यक्रम हुँदैछ । यसैबीच, दिवसका अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले शुभकामना दिएका छन् । 
एक सन्देश जारी गर्दै प्रमुख वाग्लेले सहिदको बलिदानीले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भै जनता सार्वभौम भएको उल्लेख गरेका छन् । सन्देशमा उनले दिवसका अवसरमा सबै नेपालीमा सुख शान्ति प्रगति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । 
सन्देशमा वाग्लेले ठूलो बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्रको जगेर्ना गरी सम्पूर्ण नेपालीलाई एकतावद्ध गराई मूलुकलाई समृद्धितर्फ लैजान सबै दल, जनप्रतिनिधि एवं कर्मचारीलगायत नागरिकसमाजसँग अनुरोध गरेका छन् ।