बीपी विचारमा दुईको मनोनयन

 दमौली  ।  नेपाली कांग्रेसनिकट संस्था बीपी विचार समाजले दुई जनालाई सदस्यमा मनोनयन गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष डिल्लीराम अधिकारीले भानु नगरपालिकाका रामबहादुर ढुंगाना र आँबुखैरेनी गाउँपालिकाका प्रितमबहादुर गुरुङलाई जिल्ला कार्य समितिको सदस्यमा मनोनयन गरेका समाजका सचिव हरिशरण पण्डितले जानकारी दिए ।