विकास योजनाबारे अमेरिकी चासो

 दमौली  । अमेरिकी दुतावासका अधिकारीहरुले व्यास नगरपालिकाको विकासका बारेमा जानकारी लिएका छन् । दुतावासकी प्रवक्ता एण्डी डि आरमेन्टको नेतृत्वमा आएको टोलीले नगरपालिकाको विकास योजना सञ्चालन तथा कार्यान्वयनको बारेमा जानकारी लिएको सूचना प्रविधि अधिकृत विशाल पण्डितले बताए ।
त्यसक्रममा नगर प्रमुख वैकुण्ठ न्यौपानेले न्यौपानेले नगरपालिका भित्र वडाअध्यक्ष, वडा सदस्य तथा कर्मचारिहरुबीचको समन्वय तथा विकास योजनामा सहभागीताबारे जानकारी दिएका 
थिए । दुतावासकी प्रवक्ता आरमेन्टले आफुलाई स्थानीय तहमा ग्रामिण तहका जनताको प्रतिनिधित्व गरि जनप्रतिनिधिहरुले गरिरहेको विकास निर्माणका काम प्रति अत्यन्त चासो भएको उल्लेख गरिन् ।  उनले स्थानीय तहले आफुले गरेका कामहरुलाई संञ्चार माध्यम र सामाजिक सञजाल मार्फत जनसमक्ष पुर्याई त्यसको प्रतिक्रिया लिन सक्नु पर्नेमा जोड दिइन् । 
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले तनहुँ जिल्लामा दशवटा स्थानीय तहले गरिरहेको विकास र त्यसमा समन्वय समितिले निर्वाह गरिरहेको भुमिकाका बारेमा जानकारी दिए । भेटमा जिल्ला समन्वय समितिकी उप–प्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाकी उप–प्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद बाँस्तोला, आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हडखले, अमेरिकी राजदुतावासका संचार संयोजक अपार पौडेल, वडाअध्यक्षहरु मोहनकुमार श्रेष्ठ, सतिशचन्द्र न्यौपाने र तुलसीाम सापकोटा, नेपाल पत्रकार महांसघ, तनहुँका अध्यक्ष ओमकार आचार्य, व्यास नगरपालिकाका प्रेस सल्लाहकार प्रदीप काफ्लेलगायतको उपस्थिति रहेको सूचना प्रविधि अधिकृत पण्डितले बताए ।