जेसिजलाई नेतृत्व विकास प्रशिक्षण

 दमौली  । जेसिआई व्यास नगरले सदस्यहरुलाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । तालिममा संस्थाका पूर्व राष्टिूय अध्यक्ष एवं प्रशिक्षक राजु केसीले नेतृत्व विकासका विविध पाटोका बारेमा प्रशिक्षण दिएका थिए । 
प्रशिक्षक केसीले असल नेतृत्वले आफूमात्र नभएर टिमबाट नै प्रभावकारी कार्य गराउने बताए । उनले वर्तमान राजनीतिक नेतृत्वले सन्तोषजनक कार्य नगरेकाले युवा नेतृत्वबाट अपेक्षा गरिएको बताए । उनले जेसिजजस्ता संस्थाले समाजका लागि सक्षम युवा नेतृत्व उत्पादन गर्नुपर्ने बताए । विश्वमा ठूला ठूला नेताहरु जेसिजबाट उत्पादन भएका भन्दै देशमा पनि जेसिजले प्रजातान्त्रिक नेतृत्व दिन तयार हुनुपर्ने बताए । जेसिआई व्यास नगरका पूर्व अध्यक्ष बलराम वाग्लेले प्रशिक्षण निकै उपयोगी भएको बताए । ‘मलाई पनि युवा साथीहरुसँगै प्रशिक्षण लिंदा धेरै कुरा सिकेजस्तै लाग्यो,’ उनले भने । जेसिआई व्यास नगरका अध्यक्ष पविन्द्र भट्टराईले सदस्यहरुको नेतृत्व क्षमता विकासका लागि प्रशिक्षण गरिएको बताए । महासचिव विकल्प श्रेष्ठले प्रशिक्षणले थप नयाँ ज्ञान विकास भएको बताए ।