कांग्रेस बीपी गाउ“मा

 दमौली  । नेपाली कांग्रेस बीपीले जिल्लाका सबै स्थानीय तहका काम कारबाहीको अनुगमन थालिएको जनाएको छ । 
पार्टीले विकास निर्माणका कामलाई प्रभावकारी बनाउनका लागि जनप्रतिनिधिलाई जिम्मेवार बनाउन कामको अनुगमन थालिएको बताएको छ । पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष यमबहादुर आलेको नेतृत्वमा हिंडेको जिल्ला नेताहरुको टोलीले म्याग्दे गाउँपालिकाबाट अनुगमन तथा निरीक्षण थालेको छ । 
जिल्लाका सबै तहमा पुगेर जनताका समस्याबारे साक्षात्कार गर्दै समाधानका लागि पहल गर्ने आलेले बताए । मालमोत करको दर, सुकुमवासीको वस्ती आगमन तथा करको सदुपयोगजस्ता सवाल उठाएको आलेले बताए । उनले सबैले तिर्न सक्ने करको निधार्रण गर्नु पर्ने बताए । 
पार्टीले संगठन विस्तार तथा विकास निर्माण दुवैका लागि अनुगमनमार्फत दबाब दिने आलेले बताए । पार्टीले जिल्लाका सबै तहमा संगठन विस्तारसमेतको लक्ष्य राखेको छ ।