अखिल क्रान्तिकारीमा ममता

 दमौली  । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीको जिल्ला अध्यक्षमा ममता रुचाल चयन भएकी छन् । दमौलीमा सम्पन्न २२ औं जिल्ला सम्मेलनले रुचालको नेतृत्वमा २४ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । आइतबार शुरु अधिवेशन सोमबार नयाँ नेतृत्व सार्वजनिक गर्दै सकिएको हो । अधिवेशनबाट क्रान्तिकारीको जिल्ला उपाध्यक्षमा नवराज विक, सचिवमा पदम विक, सह सचिवमा विमला आले तथा कोषाध्यक्षमा सुजन गौतम चयन भएका छन् । २४ सदस्यीय कार्य समितिमा बाँकी सदस्य छन् । बाँकी तीन सदस्य पछि चयन गरिने बताइएको छ । अखिल क्रान्तिकारीले दमौलीमा शक्ति प्रदर्शनसहित जिल्ला सम्मेलन गरेको थियो ।