पानीको ज्ञान केन्द्र(वाटर हव) खोल्ने तयारी

 काठमाडौं । पानीको धनी मानिएको नेपालमा पानीको समग्र जानकारी दिन पानीको ज्ञान केन्द्र स्थापना गर्न अत्यन्त जरुरी भएको कुरा राजधानीमा सोमबार आयोजित एक कार्यशालाका वक्ता र सहभागीहरुले जोड दिएका छन् ।जनस्वास्थ्यको क्षेत्रमा कार्यरत ईन्जिनियरहरुको संस्था(सोसाइटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स,सोफेन) र खानेपानी,वातावरण र स्वास्थ्यको क्षेत्रमा काम गर्ने विश्व संस्था ग्लोबल इन्स्टिच्यूट अफ वाटर,इन्भाइरोमेण्टएण्ड हेल्थ नामक संस्थाले संयुक्तरुपमा आयोजना गरेको कन्सल्टेटिभ वर्कसप अन बाटर नलेज ुेहव विषयक कार्यशालाका स्रोत व्यक्ति र सहभागीहरुले त्यस्तो जोड दिएका 
हुन् । कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्व विद्यालयका रजिष्टूार डा. सुबोध शर्माले नेपाल 
संयुक्त राष्ट्र संघले निर्धारण गरेकf  दिगो विकास लक्ष्यमा हस्ताक्षर गर्ने मुलुकमा रहेको र दिगो विकास लक्ष्यमा सब
ै जनतालाई सुरक्षित,सफा र 
स्वच्छ पानी खानेपानी उपलब्ध गराउने विषय समाविष्ट भएकोले पानीको ज्ञान केन्द्र खोल्न आवश्यक रहेको 
बताउनुभयो । उहाँले  खानेपानी बाहेक पनि पानीको बहुउपयोगिता रहेको र नेपालको प्राकृतिक सम्पदामध्ये सबैभन्दा महत्वपूर्ण सम्पदा रहेकोले यसको संरक्षण र उपयोगकालागि पनि यस्तो केन्द्र स्थापना गर्न आवश्यक भएको बताउनुभयो ।