ज्येष्ठ नागरिकलाई खिर

 दमौली  । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस तनहुँका विभिन्न भागमा ज्येष्ठ नागरिकका लागि कार्यक्रम गरेर मनाइएको छ । यसै अवसरमा व्यास ३ दमौलीस्थित ज्येष्ठ नागरिक मिलन केन्द्रले आफ्ना वृद्धृवृद्धालाई खिर खुवाउने कार्यक्रम गरेको छ । जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेले कार्यक्रमको उद्घाटन गरे । वाग्लेले वृद्धृवृद्धालाई आवश्यक पर्ने औषधीलगायत अन्य उपचार निः शुल्क गर्ने व्यवस्था मिलाइएको 
बताए । आवश्यक परेको बेलामा अन्य क्षेत्रमा पनि सहयोग गरिदिने वाग्लेले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख सिद्धिविक्रम शाहले यातायात क्षेत्रमा समितिले भाडामा छुट नगरेमा कारबाही गरिने बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले यातायातको भाडाको छुटमा नगरपालिकाले सहयोग गर्ने बताए । कार्यक्रमका सभापति एवं मिलन केन्द्रका अध्यक्ष सालिगा्रम गिरीले जिल्ला सबै क्षेत्रमा छुट गर्ने भनिए पनि पटक पटक यस विषयमा आवाज उठाउनु परेको बताए । कार्यक्रम व्यासनगरपलिका की उप–प्रमुख मिरा जोशी लगायत अन्य बोलेका ह्न् ।
ज्येष्ठ नागरिकको आँखा परीक्षण
अन्तराष्ट्रिय ज्येष्ठ नागिरक दिवसको अवसरमा व्यास १० कुमलटारीस्थित युवा रेडक्रस सर्कल चण्डीदेवी र दमौली आँखा उपचार केन्द्र प्रालिको प्राविधिक सहयोगमा स्थानीय ज्येष्ठ नागरिकलाई सम्मान तथा निःशुल्क आँखा परिक्षण शिविर गरिएको छ  । कार्यक्रममा ७० वर्ष भन्दा माथिका ४५ जना ज्येष्ठ नागरिकलाई सम्मान तथा निःशुल्क आँखा परिक्षण गरी आवश्यक औषधी वितरण गरिएको सर्कलले जनाएको छ ।  समाजसेवा कार्यक्रम आगमी दिनहरुमा पनि गरिनेसर्कलकी सचिव दीपिका सापकोटाले बताईन् । सर्कलका अध्यक्ष शैलेश परियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यास १० का वडा अध्यक्ष तुलसीराम सापकोटाले कार्यक्रमले ज्येष्ठ नागरिकलाई थप सहज हुने बताए ।
विद्यालयका प्रधानाध्यापक एवं सर्कलका संरक्षक रामचन्द्र पोख्रेलले सर्कलले गरेको गतिविधि गरेको आफुलाई खुसी लागेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुंगानाले ज्येष्ठ नागिरको सम्मानले आफनो आत्मसम्मान बढेको बताए । कार्यक्रममा रेडक्रसका सर्कलका सदस्य रामदत्त पौडेलेललगायतले बोलेको शिक्षक नायक यमप्रसाद सापकोटाले बताए ।