सांसद किसानलाई भेट्न हाई प्रोफाइल नेता

 दमौली  । पितृवियोगमा रहेका तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानलाई भेट्न नेकपाका हाइ प्रोफाइल नेताहरु दमौली आएका 
छन् । 
बुधबार नेकपाका शीर्ष नेता वामदेव गौतम तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ उनको निवास आएका थिए । यसअघि मन्त्री पद्मा अर्याल, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाका साथै भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार देवी ज्ञवालीलगायत पनि श्रेष्ठनिवास आएका थिए । जिल्लामा एक्कासी राजनीतिमा उदाएर पार्टीको टिकट हात पारेको आरोप लागे पनि सांसद श्रेष्ठलाई भेट्न आएका हाई प्रोफाइल नेताले उनको प्रभाव प्रदर्शन भएको उनीनिकट एक नेताले बताए । 
सांसद श्रेष्ठको निवासमा समवेदना प्रकट गर्न जानेको संख्या ठूलो रहने गरेको छ । 
श्रेष्ठका पिताका अलावा पुरानो व्यवसायिक पहिचान बनाएका व्यापारिक घरानाका कारण पनि केबलकुमार श्रेष्ठको निधनमा धेरैले श्रद्धाञ्जली प्रकट गरेका छन् ।